भारतीय अभिनेता दिल्ली गणेशको निधन

मुम्बई । बलिउड र तामिलको ४०० भन्दा बढी चलचित्रमा अभिनेता एवम् चरित्र अभिनेताको रुपमा काम गरेका अभिनेता दिल्ली गणेशको ८० वर्षको उमेरमा शनिबार राती ११ बजे निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । जसका कारण उनको स्वास्थ्यमा गहिरो असर परेको थियो । उनको निधनको जानकारी उनका छोरा महादेवनले दिएका छन् ।

उनी तामिल चलचित्र उधोगका स्टार कलाकार थिए । अभिनेता दिल्ली गणेशको निधनको खबर सुनेपछि तामिल चलचित्र उद्योगले आईतबार शोक मनाउँदै शनिबार एक दिनको लागि काम नगर्ने जनाएको छ ।

अभिनेता दिल्ली गणेशको अन्तिम संस्कार आईतबार गरिएको छ । दिल्ली गणेशको जन्म १ अगस्ट १९४४ मा भएको थियो । उनले के. बालचन्दरको चलचित्रबाट अभिनय करियर सुरु गरेका थिए । उनले आफ्नो चलचित्र कर्ममा बलिउड, तामिल, कन्नड गरेर ४०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । उनी भिनेताको रुपमा राष्ट्रिय र प्रतिष्ठित पुरस्कार एवम् अवार्डबाट समेत पुरस्कृत थिए । उनले दर्जनौ टिभी सिरियलमा पनि शिर्ष भूमिका निभाएका थिए । दिल्ली गणेशको निधनप्रति बलिडउका चलचित्रकर्मीले पनि दुःख ब्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 128 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्याङ्जामा २८ मध्ये २० वडामा कांग्रेस विजयी