हलिउड चलचित्र ‘फ्र्याक्चर’को नेपालमा छायाँकन

काठमाडौं । नेपाली र हलिउडको सँयुक्त सहकार्यमा निर्माण भईरहेको हलिउड चलचित्र ’फ्र्याक्चर’ को छायाँकन नेपालमा सम्पन्न गरिएको छ । पहिलो चलचित्र ’पुजार सार्की’ निर्माण गरी सफलता हासिल गरेको कम्पनी किङ्डम नेटवर्कले हलिउडसँग सहकार्य गरेर दोस्रो चलचित्र ’फ्र्याक्चर’ निर्माण सुरु गरेको हो । यो चलचित्रलाई हलिउडका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरेका छन् । चलचित्र पूर्ण रूपमा अङ्ग्रेजी भाषा निर्माण भईरहेको छ ।

यो चलचित्रमा हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्ट र अन्य केही हलिउडका कलाकारसँगै नेपालबाट आर्यन सिग्देल, बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको निर्माता सुवास भुसालले जानकारी गराएका छन् । भुसालका अनुसार किङ्डम नेटवर्क कम्पनीलाई संयुक्त राज्य अमेरिकामा समेत स्थापना गरेर त्यहाँबाट निर्माण अनुमती लिएर यो चलचित्र नेपालमा छायाँकन गरिएको हो ।

यो चलचित्रका हलिउड अभिनेता ट्रेन्टनले हलिउडका ‘हलीउड किल्स,’ ’अन्डर द वेस्टर्न सन,’ ’सिरोनिया,’ ’द रेड, ब्ल्याक एन्ड ब्लोन्डः गड सेभ,’ ’बिटविन किंग्स एन्ड क्विन्स,’ ’लस एन्सिनोस’ जस्ता थुप्रै चलचित्रमा काम गरिसकेको पनि निर्माता भुसालले जनाएका छन् ।

हलिउडबाट यो चलचित्रको निर्मातामा क्रिश बेरुटी, हिमाल आरोहण विशेषज्ञ एन्ड्रयु ह्युज, दुई पटक एमी पुरस्कार विजेता गर्रेट म्याडिसन लगायत छन् । निर्माता क्रिश बेरुटीले यो चलचित्र लेखेका हुन् । चलचित्रका छायाँकार हलिउडका सिनेमाटोग्राफर डकोटा डियल रहेका छन् ।

चलचित्रका करिब ७० प्रतिशत दृश्यहरू काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म पुगी छायाँकन गरिएको पनि निर्माण पक्षले जनाएको छ । बाँकी छायाँकन अमेरिकामै गरिने भएको छ । फ्र्याक्चरको कथा एक जना अमेरिकी सैनिक ज्याक स्टेन्टन नामक पात्रको वरिपरि घुम्छ, जसले आफ्नो नेपालमा हराएको साथीलाई बचाउन नेपालको सगरमाथा क्षेत्रमा गरेको खतरनाक यात्रा कथा उल्लेख गरिएको निर्देशक ट्राभिसले जनाएका छन् ।

चलचित्रको नेपालको सेड्युलको छायाँकन सकेर अमेरिकी टिम शनिबार अमेरिका फर्किसकेको छ । अमेरिका फर्किनु अगाडि चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले अमेरिकी टिमलाई बिदाइ गरेका थिए । सो क्रममा अध्यक्ष डिसीले नेपाली प्रोडक्सन कम्पनीसँग हलिउडमा काम गरिरहेका अमेरिकी चलचित्रकर्मीले चलचित्र बनाउनु आफैँमा सुन्दर रहेको बताए । बोर्डको तर्फबाट अध्यक्ष डिसीले छायाँकनको लागि लोकेसन गाइड पुस्तक प्रदान गर्दै नेपाली ढाका टोपी लगाई सम्मान गरे ।

यो चलचित्रको नेपालमा मनोज जोशी प्रोडक्सन कन्ट्रोलरको काम गरेका छन् भने विकास सुवेदी लाइन प्रोड्युसर हुन् । यसको रिलिज’bout भने वितरकसँग छलफल गरेर मिति तय गरिने पनि निर्देशक ट्राभिसले बताएका छन् । बाँकी छायाँकन अमेरिकामा चाँडै गरिने पनि उनले जानकारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडाैंकाे मेयरमा बालेन साह, उपमेयरमा सुनिता डंगाेल निर्वाचित