अर्जुनसँग ब्रेकअप हुँदा मलाइकालाई छैन पछुतो

मुम्बई । बलिउड मोडल तथा नृत्य कलाकार मलाइका अरोराले अभिनेता अर्जुन कपुरकै कारण आफुहरुको प्रेम सम्बन्ध टुटेको बताएकी छिन् । अभिनेता अरबाज खानसँग १८ वर्ष लामो दाम्पत्य सम्बन्ध विच्छेद गरेर मलाईका ७ वर्ष अघि अर्जुन कपुरसँग नजिक भएकी थिईन् । मलाई भन्दा अर्जुन कपुर उमेरमा १२ वर्ष कान्छा थिए ।

आफु र मलाईकाको हालै प्रेम सम्बन्धमा ब्रेकअप भएको भन्दै अर्जुन कपुरले मलाईकालाई छाडेर आफ्नै परिवारसँग बस्न थालेका छन् । अब आफु सिँगल रहेको पनि अर्जुन कपुरले घोषणा गरिसकेका छन् ।

चार वर्षको प्रेमसम्बन्ध पछि थप तीन वर्ष लिभिङ रिलेसनमा बसेका यी जोडीले आफुहरुको प्रेम सम्बन्ध के कारणले टुट्यो भनेर खुलाएका छैनन् । मलाइकाले भने सम्बन्ध टुट्नुमा अभिनेता अर्जुन कपुरलाई दोषी देखाएकी छिन् ।

ग्लोबलस्पा म्यागजिनसँगको कुराकानी गर्दै मलाइका अरोराले अर्जुनसँग ब्रेकपअ हुनुले आफ्नो जीवनमा अहिले कुनै पछुतो नभएको बताएकी छिन् । कुराकानीको क्रममा मलाइकाले भनिन्,‘मैले व्यक्तिगत र व्यावसायिक जीवनमा जुनसुकै निर्णय लिएको छु, त्यसले मेरो जीवनलाई केही न केही आकार दिएको छ । म आज कुनै पछुतो बिना बाँच्न सक्षम छु र म आफूलाई भाग्यमानी ठान्छु ।’ समयसँगै यस्ता कुराहरु बदलिँदै जाने पनि उनले बताएकी छिन् ।

मलाइका अरोराले सन २०१७ मा अर्जुन कपूरलाई मन पराएर प्रेम सम्बन्ध सुरु गरेपछि २०१७ मै श्रीमान अभिनेता अरवाज खानसँग दाम्पत्य सम्बन्ध विच्छेद गरेकी थिईन् । अहिले अर्जुनसँग छुटेर उनी फेरी एक्लो भएकी छिन् । मलाईकाको अरवाजतर्फ एक छोरा अरहान पनि छन् । अरबाज खानले गत वर्ष मात्रै मेकअप आर्टिस्ट शुरा खानसँग दोस्रो विवाह गरेका छन् । तथापि आफु एक्लो भएकोमा मलाइकालाई कुनै पछुतो छैन ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष