बर्दघाटमा -यापिट टेष्टमा पोजेटिभ आएकालाई आइसोलेसनमा लगियो

नवलपुर । पश्चिम नवलपरासीको बर्दघाटमा र्यापिट डायग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा गर्दा कोरोना पोजेटिभ देखिएको एक जनालाई बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष अस्पतालमा उपचारका लागि लगिएको छ ।

बर्दघाट नगरपालिकाको स्वास्थ्य शाखाले अहिलेसम्म बर्दघाटमा १३४ जनामा आरडिटी टेष्ट गर्दा १ जनामा पोजेटिभ देखिएको हो ।

७८ बर्षीय ति जेष्ठ नागरिकलाई अहिले बुटवलको बुटवल कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले बताए । ७ जनाको परिवार रहेको उनको परिवारमा अन्यमा सदस्यहरुमा भने र्यापिड टेष्टमा रिपोर्ट नेगेटिभ आएको छ ।

ज्ञवालीले उनका परिवारको अन्य सम्पूर्ण सदस्यलाई उनकै घरमा सुरक्षित रुपमा क्वारेन्टाइनमा राखिएको जनाए ।

दोस्रो र तेस्रो कोरोनो संक्रमित आएको जहाजमा संक्रमित सँगै जहाजमा दुई जना आएका थिए । ति दुई जनाको अहिलेसम्म स्वाव परीक्षण गरिएको छैन । उनीहरु दुवै जनाको र्यापिड टेष्ट भएको र दुवैको र्यापिड टेष्ट नेगेटिभ आएपछि उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा राखिएको ज्ञवालीले बताए ।

र्यापिड टेष्टमा कोरोना रिपोर्ट पोजेटिभ आएका ति ७८ बर्षीय नागरिकका परिवारका सबै सदस्य नेपालमै बस्दै आएका हुन् ।

ज्ञवालीले उनको स्वाव परीक्षणका लागि भैरहवा पठाएको भए पनि अझैसम्म रिपोर्ट नआएको बताए । बर्दघाट नगरपालिकाबाट अहिलेसम्म एक जनाको मात्र स्वाव परीक्षणका लागि पठाइएको छ ।

बर्दघाट नगरपालिकामा अहिलेसम्म १ सय ३४ जना विदेशबाट आएको तथ्यांक भए पनि १३ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको थियो ति मध्ये १० जना घर फर्किसकेको र अहिले ३ जना मात्र क्वारेन्टाइनमा रहेको बर्दघाटका स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय तह निर्वाचन महत्वपूर्ण चरणमा