चलचित्रमा विपिनले निभाए आफ्नै बुवाको चरित्र

काठमाडौं । चलचित्रमा एउटै कलाकारले वुवा र छोरा गरी दुई फरक भूमिका निर्वाह गर्नु आफैंमा अप्ठेरो कार्य हो । तर अभिनेता विपिन कार्कीले चलचित्र ‘तेल भिसा’मा एकसाथ वुवा र छोरा दुबैको शिर्ष चरित्र निर्वाह गरेका छन् । तर यी दुई चरित्र निर्वाह गर्न उनलाई सजिलो भने भएन् । छोराको भूमिका निर्वाह गर्दा जुन तौल, स्वरुप र रुपरँगमा उनी थिए । वुवाको चरित्र निर्वाह गर्न ती सबै परिवर्तन गर्नु परेको यी अभिनेताले राजधानीलाई बताएका छन् ।

उनको छोराको चरित्र सबै अमेरिकामा छायाँकन भएको छ । जवकी वुवाको चरित्र नेपालमा छायाँकन भएको छ । छोराको चरित्रको छायाँकन सम्पन्न भएको दुई महिनापछि बल्ल उनी वुवाको चरित्रमा उत्रिएका हुन् । छोराबाट आफुलाई वुवाको चरित्रमा परिवर्तन गर्न करिब दुई महिना लागेको उनले खुलाएका छन् ।

‘अमेरिकामा मैले छोराको मुख्य चरित्र निर्वाह गर्दा म पूर्ण रुपमा छोराकै मानसिकतामा थिएँ । अब नेपाल आएर वुवाको चरित्र निर्वाह गर्नको लागि मैले आफुलाई वुवाको मानसिकतामा ढाल्नु परेको थियो ।’ अभिनेता विपिनले भने,‘मैले यो चलचित्रमा आफ्नो वुवाको चरित्रमा आफुलाई ढालेको हुँ । मेरा वुवालाई चिन्नेहरुले यो चलचित्रमा मेरो भूमिका हेरेपछि ढ्याक्कै मेरो वुवाको गुणहरु पाउनु हुनेछ ।’

विपिनका वुवा अवकाश प्राप्त सैनिक हुन् । चलचित्र तेल भिसामा अभिनेता विपिनको वुवाको चरित्र पनि अवकाश प्राप्त एक सैनिकको रहेको छ । चलचित्रको पात्रको स्वभाव हेर्दा उनलाई आफ्नो वुवाको झलझली याद आयो । सोही कारण उनले आफुलाई यो चलचित्रमा वुवाको चरित्रमा रुपान्तरण गरेको बताएका छन् ।

‘मेरो वुवा पूर्व सैनिक भएकाले उहाँको बास्तविक आनीवानी र मनोविज्ञान तथा शैलीले मलाई तेल भिसामा वुवाको चरित्र निर्वाह गर्न सजिलो भयो । किनकी मैले यो चरित्रमा आफुलाई वुवाको ठाउँमा राखेर वुवाकै भावमा काम गरेँ ।’ विपिनले भने,‘यसरी वुवाको चरित्रमा डुब्दा मसँग वुवा साथमै हुनुहन्छ भन्ने महसुस छायाँकनको क्रममा हुने गथ्र्यो भने जव छायाँकनमा टेक ओके हुन्थ्यो, त्यसपछि मैले वुवालाई मिस गरेको हुन्थेँ ।’

छोराको चरित्रवाट वुवाको चरित्रमा जान आफुलाई निर्माता एवम् अभिनेत्री ऋचा घिमिरे र निर्देशक शँकर घिमिरेले दुई महिना समय दिएका कारण पनि सजिलो भएको उनले बताए,‘यो दुई महिना मैले आफुलाई वुवाको रुपमा ढालेर अभ्यास गर्ने अबसर पाएँ भने छोराबाट वुवाको भूमिकामा जाँदा शारीरिक रुपमा परिवर्तन गर्ने समय पनि पाएँ ।’ विपिनका अनुसार उने यो चलचित्रमा वुवाको भूमिका निर्वाह गर्दा करिब १० केजी तौल बढाएका छन् । आफुलाई शारीरिक रुपमा पनि जेष्ठ नागरिकको रुपम नै ढालेको उनले जिकिर गरेका छन् ।

यसरी एकै पटक फरक चरित्र विपिनले निर्वाह गरेको भने यो पहिलो पटक हैन । उलने यस अघि चलचित्र हरिमा एकसाथ चार वटा चरित्र निभाएका थिए । त्यो चलचित्रमा त उनले हजुरवुवा देखि नातिसम्मको भूमिका नै निर्वाह गरेका थिए । त्यतिबेला उनले हजुरवुवा र वुवाको चरित्र समाजबाट ग्रहण गरेका थिए । तर यसपटक भने वुवाको चरित्रको लागि अरु वुवाको चरित्र ग्रहण गर्नु नपरेको यी कलाकारले बताएका छन्,‘तेल भिसामा रिटायर्ड आर्मीको रुपमा वुवाको भूमिका निभाउनु मलाई सुरुमा भनिएको थिएन । पहिला म छोराको भूमिकामा मात्र थिएँ ।’ तर पछि निर्माण पक्षबाट आफुलाई यो भूमिकाको पनि प्रस्ताव आएपछि यसलाई अवसरको रुपमा लिएको उनले बताएका छन्,‘यो वुवाको पनि भूमिका निकै राम्रो भएकाले मलाई लोभ लाग्यो र मैले यसलाई निर्वाह गर्ने निर्णय लिएँ ।’

यसरी यो चलचित्र निर्वाह गर्दा यी कलाकारले चलचित्रमा आवाज पनि आफ्नै वुवाको नक्कल गरेका छन् । चलचित्रमा छोरा बनेका विपिन र वुवा वनेका विपिनको बोल्ने शैली पनि फरक पाउने यी कलाकारको दाबी छ । वुवाको चरित्रमा आफुले बुढ्यौली आवाज निकालेको पनि उनले बताएका छन् ।

चलचित्रमा दोहोरो भूमिका निवाउँदा उनलाई आर्थिक रुपमा पनि त्यत्तिकै फाईदा भएको छ । यो चलचित्रकी अभिनेत्री एवम् निर्माता ऋचा घिमिरेले उनलाई वुवाको भुमिकाको लागि अलग पारिश्रमिक समेत दिएकी छिन् । दोहोरो भूमिका निभाउँदा दोब्वर पारिश्रमिक पाएपछि अभिनेता विपिन खुसी भएका छन्,‘ यो चलचित्रमा काम गर्दा मलाई दुईवटा चलचित्र खेलेको जस्तो लागेको थियो । त्यसैले होला आर्थिक कुरामा निर्माण पक्षले राम्रो पारिश्रमिक दिनु भएको छ ।’ विपिनले भने ।

यी अभिनेताको अनुसार यो चलचित्रमा छोरा विपिनको जोडीको रुपमा अभिनेत्री वर्षा राउत रहेकी छिन् । यस्तै वुवा विपिनको जोडीको रुपमा अभिनेत्री पुजा चन्द छिन् । दुई फरक चरित्रसँगै दुई नायिकासँग काम गर्ने अवसर पनि यसमा पाएको यी अभिनेताको कथन छ । जसलाई उनले एउटा फरक अनुभवको रुपमा लिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपा पनि चुनावी गठबन्धनतर्फ