काठमाडौं । जनकपुरमा आईतबारबाट ‘सामा–चकेवा मूर्तिकला निर्माण कार्यशाला’ सुरु भएको छ । यो कार्यशाला त्यहाँ ६ दिनसम्म चल्ने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले राजधानीलाई बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान तथा मैथिली विकास कोषका सँयुक्त आयोजनामा जनकपुरमा यो कार्यशाला सुरु भएको हो । कार्यशालाको मधेस प्रदेशका मुख्य मन्त्री सतिशकुमार सिंहले उद्घाटन गरेका छन् । मुख्यमन्त्री सिंहले यस्ता कार्यक्रमले मधेस प्रदेशका विभिन्न मूर्तिकलाको विकास, संरक्षण, प्रवर्धन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्, परम्परा, संस्कृतिको संरक्षणका लागि प्रदेश सरकारले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ सिंहले उद्घाटनका क्रममा भने ।
कार्यशालमा मधेश प्रदेशका करिव दुईदर्जन कलाकारहरु सहभागी भएका छन् । जसमा विजयमणि दत्त, रुवी झा र योगेन्द्र पण्डित प्रशिक्षकका रूपमा रहनुभएको कार्यशालामा बन्दाकुमारी झा, रचना रिमाल, विणा राउत (कुर्मी), सुमन सिंह, सोनाली यादव, कञ्चन यादव, पूजा मण्डल, अञ्जु मण्डल, कामिनीकुमारी ठाकुर, गीतादेवी, रुवी दास, विभाकुमारी साह, मञ्जुदेवी, मधुदेवी, हिरादेवी, रिङ्कुकुमारी, ज्योति झा, मिनु झा, नन्दनी यादव, सविताकुमारी, प्रतीक्षा गिरी, पुजा गुप्ता छन् ।
यस्तै सङ्गीताकुमारी साह, सुनिता साह, अम्बिका पण्डित, प्रेमशिला देवी, उर्मिला पण्डित, सूर्यकला पण्डित, ललिता पण्डित, चन्द्रदेव पण्डित, विजय मण्डल, रामशरण पण्डित, गंगाधर पण्डित, स्नेहिना रिमाल, रामप्रसाद पण्डित, रामकृषाल पण्डित, स्नेहा मिश्रा, हिरा कर्ण, राजकुमारी मण्डल, सुनिता साह, सचिन झालगायतका कलाकार पनि कार्यशालामा सहभागि छन् । कार्यशाला ३० कार्तिकसम्म जारी रहने छ । कार्यशालामा सृजना भएका कलालाई प्रदर्शनीमा राखिने भएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले मोफसलको संस्कृतिलाई केन्द्र हुँदै अन्तरराष्ट्रियकरण गर्दै यसको ज्ञानलाई समाजसँग जोड्नुपर्ने बताएका छन् । कार्यशालामा उनले भने, ‘अहिले यता सामाचकेवाको माहोल पनि छ । प्रतिष्ठानले यस प्रदेशको संस्कृतिसँग जोडिएको सामाचकेवा पर्वको ज्ञान नयाँ पुस्तामा पनि पुस्तान्तरण हुन आवश्यक छ ।’
परम्परागत लोकसंस्कृतिका रूपमा मधेस प्रदेशमा बनाइँदै आएको सामाचकेवा मूर्तिकलाको प्रवर्धनको उद्देश्य राखेर यस कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले बताएका छन् । उनले आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरताको आवश्यकता रहेको भनाई राखेका छन् ।
कार्यक्रमका सभाध्यक्ष मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले प्रतिष्ठानसँगको सहकार्यमा मधेस प्रदेशको महत्त्वपूर्ण संस्कृतिका रूपमा रहेको सामाचकेवा मूर्तिकलाको ज्ञानलाई संरक्षण तथा पुस्तान्तरण गर्न यस कार्यशाला गरिएको बताए । उनले प्रतिष्ठानसँग यस्ता अन्य कार्यक्रममा पनि सहकार्य गरी अघि बढ्ने इच्छा व्यक्त गरेका छन् ।
यो कार्यशालाको उद्घाटन समारोहमा प्राज्ञ एससी सुमनले सामाचकेवा पर्वको कला पक्षका ’boutमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमा विभिन्न विज्ञहरुले समीक्षात्मक टिप्पणी समेत गरेका छन् ।