काठमाडौं । सञ्चारकर्मी तथा चलचित्र निर्देशक दीपेन्द्र लामाले आफ्नो नयाँ चलचित्र ‘दुखी आत्मा’को छायाँकन आईतबारबाट सकिएको जनाएको छ । उनले चलचित्रको छायाँकन २६ भदौबाट सुरु गरेका थिए । वीचमा दशैं र तिहारको छुट्टी भएकाले यतिबेला छायाँकन सम्पन्न भएको उनले राजधानीलाई बताएका छन्,‘हिजाबाट राम्रोसँग चलचित्र दुःखी आत्माको सबै छायाँकन सम्पन्न भएको छ । अब पोष्ट प्रोडक्सनको काम अघि बढाएर प्रदर्शनको तयारीमा जुट्ने छु’ उनले भने ।
डेढ महिनाको सेड्युलमा चलचित्रको छायाँकन सम्पन्न गरेको पनि दीपेन्द्रले बताएका छन् । यो चलचित्रको शिर्ष भूमिकामा दयाहाङ राई, अनुपविक्रम शाही, आँचल शर्मालगायतका कलाकारको मुख्य भूमिका रहेको छ । यो सामाजिक कथामा निर्माण हुँदै गरेको चलचित्रका अन्य कलाकारमा बुद्धि तामाङ, पुस्कर गुरुङ,कविता आले, शिसिर वाङ्देल,आशान्त शर्मा,लोकेन्द्र लेखक,अंकित खड्का, लुनिभा तुलाधर,आरती आचार्य,निमा पाण्डे,इंगीहोपो कोइच सुनुवार,यासेली योङहाङलगायत छन् ।
यो चलचित्रको छायाँकन सम्पन्न गरेका दयाहाङ भने लगत्तै यसै साताबाट अर्को चलचित्र रिमैको छायाँकनमा जाने भएका छन् । यो चलचित्रलाई आलोक शुक्लाले छायाँकन गरेका हुन् । नवलपरासी, काठमाडौं र काभ्रै आसपासमा यो चलचित्रको छायाँकन गरिएको हो ।
चलचित्रमा दुःखी आत्माको निर्मातामा हिमाल उप्रेती रहेका छन् । सुशान्त गौतमको संगीत, रामजी लामीछानेको कोरियोग्राफी, सुदीप ढकाल प्रोडक्शन, आरआर फिल्मको वितरण रहेको छ ।
निर्देशक दीपेन्द्र र निर्माता हिमाल उप्रेतीले यसअघि चलचित्र ‘नाँगो गाउँ’ निर्माण गरेका थिए । सो चलचित्र सफल भएपछि यी दुईको दुखी आत्मामा दोश्रो सहकार्य हो ।