धरानबाट प्रतिबन्धित औषधी सहित ६ जना पक्राउ

बिराटनगर । सुनसरीको धरान उपमहानगरपालिका वडा नं. ८ र ९ बाट नियन्त्रित औषधी र प्रतिबन्धित औषधी सहित ६ जनालाई पक्राउ गरिएको छ ।

अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले सेउती पुल नजिकबाट स्कुटरमा सवार सुनसरी धरान १५ बस्ने २४ बर्षीय मौषम लिम्बु, २३ बर्षीया सृजना राई र २५ बर्षीया निशा श्रेष्ठलाई प्रतिबन्धित औषधी ट्रामानिल २ सय क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन २ सय ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

सुनसरीका प्रहरी प्रमुख सुमन कुमार तिम्सिनाका अनुसार पक्राउ परेका उनीहरुको थप अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सिरहा चन्द्रअयोध्यापुर घर भइ धरान ९ दौलत थुलुङको घरमा डेरा गरि बस्ने २३ बर्षीय अंकित कुमार सिंह, धरान ८ का २० बर्षीय साइमन राई र २३ बर्षीय सागर श्रेष्ठलाई ट्रामानिल ९ हजार ३ सय क्यापसुल र स्पास्पेन ६ हजार ६ सय २७ ट्याब्लेट सहित पक्राउ गरिएको बताए ।

पक्राउ परेका ६ जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको प्रहरी प्रमुख तिम्सिनाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
वहुमत पालिकामा नेतृत्व जिते पनि कांग्रेस समन्वय समितिमा अल्पमतमा