काठमाडौं । नेपाली खेलाडी अजय जोशीले संयुक्त अरब इमिरेट्सको अबुधाबीमा सम्पन्न ‘विश्व एमेच्योर जिउ–जित्सु च्याम्पियनसिप २०२४’मा उत्कृष्ट प्रदर्शनसहित स्वर्णपदक जितेका छन् ।
पुरुष ६९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दै उनले नेपालका लागि गौरवमय सफलता हासिल गरेका हुन् । हिलो राउन्डमा रुसी खेलाडी रसुल इब्रागिमोभलाई ४–३ अंकले हराएका उनले दोस्रो राउन्डमा कजाखस्तानी खेलाडी जेनिस करिमोभलाई सबमिसनमार्फत पराजित गरेका थिए ।
यस ऐतिहासिक सफलताले नेपालमा जिउ–जित्सुको बढ्दो लोकप्रियता र सम्भावना उजागर गरेको छ । जोशीको सफलताले अन्य युवा खेलाडीलाई समेत प्रेरित गर्ने र नेपालका लागि अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठा बढाउने काम भएको विश्वास गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)