एकैपटक १२ हजार बढि छात्रालाई आत्मरक्षा तालिम

वीरगन्ज । गिनिज बुकको रेकड तोड्ने् गरी वीरगन्ज महानगरपालिकाले बुधबार एकै पटक १२ हजार बढि छात्रा तथा किशोरीहरुलाई आत्मरक्षा तालिम दिने भएको छ । अहिलेसम्मको एकै दिन बढि आत्मरक्षा तालिम दिने अन्यत्रको रेकर्ड तोड्ने गरी स्थानीय सरकार वीरगन्ज महानगरले विश्व रेकर्ड बनाउने भएको हो ।

गिनिज बुकमा वीरगन्जले रेकर्ड बनाउने ठहर

यसका लागि सबै तयारी पूरा भइसकेको मंगलबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै वीरगन्ज महानगरले जनाएको छ । वीरगन्ज महानगर भित्रका नीजि तथा सामुदायिक विद्यालयको कक्षा ६ देखि १२ कक्षासम्म अध्ययनरत छात्रा र २ हजार ६ सय ६५ जना विद्यालय बाहिरका किशोरीहरुलाई पनि समेटेर कुल १३ कजार ८ सय बढिलाई एकै दिन तालिम दिन थालिएको वीरगन्ज महानगरपालिकाका महानगर प्रमुख राजेशमान सिंहले बताए । स्थानीय सरकारले एकै पटक यति धेरै छात्रा तथा किशोरीलाई आत्मरक्षा तालिम दिएको सायद यो पहिलो रेकर्ड हुन सक्ला उनले तर्क गरे ।

भारतको आग्रामा एकै पटक ७ हजार ४ सय १ जना किशोरीलाई तालिम दिएको थियो । गिनिज बुकमा समेत सबै सहभागी हुने छात्राहरुको फारम चाही एक महिना अगाडी नै भरेर पठाइ सकिएको छ । वीरगन्ज महानगरका सबै चेलीहरु सुरक्षित महसुस गर्दै आत्मबल बलियो बनाउन सकुन् भन्ने लक्ष्य सहित यो अभियान थालेको महानगर प्रमुख सिंहको दावी छ । यो कार्यका लागि एक महिना अगाडीदेखि पूर्व तयारी गरिदै थियो । एकसाथ १० हजारभन्दा बढी किशोरीलाई आत्मरक्षाको तालिम दिएर विश्व रेकर्डसहित गिनिज बुकमा धेरै किशोरीलाई एकसाथ तालिम दिएर महानगरको नाम लेखाउने सानो लक्ष्य पनि छ उपप्रमुख इम्तियाज आलमले पनि बताए । यदि गिनिज बुकको रेकर्डमा वीरगन्ज महानगर पर्न सके नेपालकै नाम उच्च हुने कुरामा दुईमत नहोला कार्यक्रमका संयोजक गोपाल खेतानले पनि तर्क गरे ।

वीरगन्ज महानगरको आयोजना तथा नेपाल–भारत सहयोग मञ्चको समन्वयमा हुने कार्यक्रममा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टीको उपस्थितिमा नै गरिएको पत्रकार सम्मेलनमा यसका लागि सबै व्यवस्था पूरा भइसकेको वीरगन्ज महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बताए । यो कार्यका लागि १८ वटा विभिन्न समिति तथा उपसमितिहरु बनाई चरणबद्ध ढंगले काम अगाडी बढाइएको उनको भनाइ छ ।

भारतका ख्यातिप्राप्त प्रशिक्षक शेट्टीले पनि आफू यस्तो पवित्र कार्यमा सहभागी हुदै नेपालका छात्राहरूलाई प्रशिक्षण दिन पाउँदा खुशी लागेको बताए । भारतका चर्चित अन्तर्राष्ट्रिय ट्रेनर चीता यजनेश शेट्टीले भारतको आग्रामा एकै दिन ७ हजार ४ सय १ जनासम्मलाई आफूले प्रशिक्षण दिएको पनि बताए ।

को हुन् प्रशिक्षक शेट्टी ?
भारतका चर्चित फिल्मी कलाकार अमिताभ बच्चन, सलमान खान, अजय देवगन, गोविन्दा, फरहान अख्तर, ऋतिक रोशन, रेखा, करिश्मा कपुर, रवीना टंडन, माधुरी दीक्षित, रोजर मूर, ज्याकी च्यान लगायतलाई आत्मरक्षा तालिम उनले दिएका छन् । बलिउड र हलिउडका धेरै स्टारहरूलाई आत्मरक्षा सम्बन्धी प्रशिक्षण दिएका उनी अहिले ‘निर्भया’ नामक कार्यक्रम मार्फत विगत ५ वर्षदेखि सकृय रहेको आयोजकले खुलासा गरेको हो ।

भारतभरका साढे १० लाखभन्दा बढी किशोरी एवं महिलालाई आत्मरक्षा तालिम पनि उनले दिइसकेको यहाँ उनी आफैले पनि खुलासा गरे । अमेरिका, क्यानडा, चीन, हङकङ, मलेसिया लगायतका देशमा पुगेर यस्तो प्रशिक्षण दिए पनि छिमेकी मुलुक नेपालमा भने यस्तो कार्यक्रममा सहभागी हुन पाएको थिइन । तर वीरगन्ज महानगरको आयोजनामा हुने कार्यक्रममा भने पहिलो पटक सहभागी हुन पाउँदा हौसला बढेको उनको तर्क छ ।

थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरूबाट सम्मानित उनले प्रतिष्ठित संयुक्त राज्य मार्शल आट्र्स हल अफ फेम अवार्ड पनि प्राप्त गरेको जनाइएको छ । शेट्टीले दिइने आत्मरक्षा तालिममा वीरगन्ज महानगरका ३८ सामुदायिक सहित नीजि गरी १ सय ३२ विद्यालयका छात्राहरु सहभागी हुने मेयर सिंहले बताए । यसका लागि वीरगन्जको आदर्शनगर रंगशालामा विभिन्न ६ वटा व्लक बनाइएको छ । एउटामा नीजि विद्यालयका र अर्कोमा सामुदायिक विद्यालयका विद्यार्थी सहभागी गराइने गरी व्यवस्थापन पनि मिलाइएको महानगरले जनाएको छ । एकै पटक ठूलो संख्यामा छात्रा र किशोरीहरु सहभागी हुने तालिममा स्वास्थ्य सुरक्षाको समेत ख्याल गरी ६ वटा हेल्थ डेक्स र सुरक्षाकर्मीको पनि पूर्ण व्यवस्था गरिएको महानगरले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा एमालेबाट पाँच जना सिफारिस