भारतीय प्रधान सेनापति उपेन्द्र द्विवेदी मंसिर ५ मा नेपाल आउने

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी मंसिर ५ गते नेपाल आउने भएका छन् ।

पाँच दिने भ्रमणका दौरान द्विवेदीले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटघाट एवं छलफललगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र पश्चिम पृतना हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम सैनिक जनसम्पर्क था सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणको मुख्य अंशको रूपमा नेपाली सेना र भारतीय सेना बीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर ६ गते एक विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

सेनाध्यक्ष द्विवेदीले भ्रमणको दौरान प्रधानमन्त्री तथा रक्षा मन्त्रीसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२२ मंसिर २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा चुनावी सरगर्मीः धेरै उम्मेदवार, आँकलन गर्न गाह्रो