बलिउडमा राज गरेका यी ८ आमाछोरी अभिनेत्री

मुम्बई । बलिउड अभिनयमा आमासँगै तीन दशक यताबाट छोरी पुस्ता पनि व्यस्त बनेका छन् । आफ्नो आमाको पदचाप पहिल्याउँदै पछिल्लो समय बलिउडमा छोरीहरु नायिका बन्ने क्रम बढ्दो छ । आमाजस्तै छोरी पुस्ताका केही नायिकाहरु स्थापित भईसकेका छन् भने केही सँघर्षरत छन् । केही अभिनेत्रीहरु त आमाको पद पहिल्याउँदै बलिउडमा डेब्यु गरिरहेका छन् । ती डेब्यु गरेका अभिनेत्रीहरुको पछि चर्चा गरिने छ । यहाँ बलिउडका विभिन्न आमाछोरी अभिनेत्री मध्य सफल यी ८ आमा छोरी अभिनेत्रीको ’boutमा चर्चा गरिएको छ ।

अमृता सिंह र सारा अली खान
चलचित्र वेतालबाट अभिनय यात्रा सुरु गरेकी अभिनेत्री अमृता सिंह अहिले पनि चलचित्रमा प्रस्तुत हुने गरेकी छिन् । १९८० देखि पछिल्लो समय पनि अभिनयमा निरन्तता दिएकी अमृता आफ्नो समयकी बलिउडका स्टार अभिनेत्री हुन् । यिनै अभिनेत्रीको पथ पहिल्याउँदै छोरी सारा अली खान पनि पछिल्लो समय बलिउडमा अभिनेत्रीको रुपमा छिन् । अभिषेक कपूरको केदारनाथबाट सुशान्त सिंह राजपुतसँग डेब्यु गरेकी साराले पछिल्लो समय एकपछि अर्को हिट चलचित्र दिईरहेकी छिन् । उनी आफ्नो समयमा आमा जस्तै लोकप्रिय छिन र अहिले राम्रो पारिश्रमिक लिएर कामगर्ने नयाँ पुस्ताको अभिनेत्रीहरुमा उनी पनि पर्छिन ।

पूनम सिन्हा र सोनाक्षी सिन्हा
बलिउडकी स्टाइलिश आमा छोरीको जोडी भनेर पूनम सिन्हा र सोनाक्षी सिन्हा पर्दछन् । १९६० को दशकमा जिग्री दोस्त चलचित्रबाट बलिउडमा डेब्यु गरेकी पुनमले डेढ दर्जन चलचित्रमा अभिनय गरेपछि अभिनेता सत्रुघन सिन्हासँग विवाह गरिन् । त्यसपछि उनी चलचित्र भन्दा पनि राजनीतिमा बढी सक्रिय छिन् । पूनमकै छोरी सोनाक्षी सिन्हा बलिउडकी पछिल्लो समयका सफल अभिनेत्री हुन् । सन २०१०मा चलचित्र दवँगबाट बलिउडमा सलमान खानसँग डेब्यु गरेकी सोनाक्षीले यो १४ वर्षमा तीन दर्जन चलचित्रमा अभिनय गरिसकेकी छिन् । गत वर्ष विवाह गरेकी उनी विवाहपछि पनि चलचित्र अभिनयमा छिन् । बलिउड अभिनेत्री मध्य आमाछोरी पूनम र सोनाक्षीको जोडी अहिले पनि लोकप्रिय छन् ।

श्रीदेवी र जान्ह्वी कपुर
दिवँगत अभिनेत्री श्रीदेवी बलिउड र दक्षिण भारतीय चलचित्रकै सुपर स्टार हुन् । उनी आफनो समयकी उम्दा अभिनेत्रीको रुपमा परिचित थिईन् । तामिल चलचित्रबाट सन १९७६ मा नायिकाको रुपमा डेब्यु गरेकी श्रीदेवीको एक दशक अघि निधन भएको हो । उनी निधन हुनु भन्दाअघि पनि चलचित्र अभिनयमा त्यत्तिकै सक्रिय थिईन् । १०० भन्दा बढी चलचित्रमा अभिनय गरेर उनले आफुलाई सफल अभिनेत्रीको रुपमा प्रमाणित गरिसकेकी छिन् । आमा श्रीदेवीको पथ पहिल्याउँदै छोरी जान्ह्वी कपुर पनि नायिकाको रुपमा बलिउड सिने उधोगमा सक्रिय छिन् । ६ वर्ष अघि धडक चलचित्रबाट डेब्यु गरेकी जान्ह्वीले हालसम्म १३ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् । बलिउड स्टार किडमध्य जान्ह्वी महँगो अभिनेत्रीको सूचीमा परिसकेकी छिन् । उनले आमाको अभावलाई आफ्नो अभिनयबाट पुरा गर्दैछिन् ।

शर्मिला टैगोर र सोहा अली खान
यस्तै बलिउड अभिनेत्रीहरुमा आमा शर्मिला टैगोर र छोरी सोहा अली खान पनि त्यत्तिकै परिचित छिन् । सन १९६०बाट २०१०सम्म अभिनेत्री शर्मिलाले बलिउडमा अभिछिन्न रुपमा नायिका बनेर काम गरिरहिन् । यो अवधिमा उनले सय भन्दा बढी चलचित्र बलिउड उधोगको लागि दिएकी छिन् । उनी आफ्नो समयकी लोकप्रिय अभिनेत्री हुन् । आमा शर्मिलाको पथ पहिल्याउँदै छोरी सोहा अली खान पनि नायिकाको रुपमा बलिउडमा आईन् । तर आमा शर्मिला जस्तो लोकप्रिय छोरी सोहा बन्न सकिनन् । सन २००४ मा दिल मागे मोरबाट नायिकाको रुपमा अभिनय यात्रा सुरु गरेकी सोहाले हालसम्म करिब तीन दर्जन चलचित्रमा अभिनेत्रीको रुपमा काम गरिसकेकी छिन् । लोकप्रिय भन्दा पनि उनी कुशल अभिनेत्रीको रुपमा परिचित छिन् । अहिले पनि यी आमाछोरी विभिन्न समारोहमा जोडी बनेर पुग्दा सबैले उनीहरुको जोडीको तारिफ गर्छन ।

अपर्णा सेन गुप्ता र कोंकणा सेन शर्मा
बलिउडमा सार्थक अभिनय गर्ने आमाछोरी अभिनेत्रीको रुपमा अपर्णा सेन गुप्ता र कोंकणा सेन शर्मा लोकप्रिय छन् । सन १९६५बाट नायिकाको रुपमा अर्पर्णा सेन गुप्ताले अभिनय यात्रा सुरु गरेकी थिईन् । उनी सन २०११ सम्म पनि अभिनयमा सक्रिय थिईन् । आफ्नो जवानामा अभिनेत्री आमा अपर्णा सेनले जसरी बलिउड र बँगाली चलचित्रमा आफ्नो अभिनयबाट लोकप्रियता हाँसिल गरेकी थिईन् । छोरी कोंकणा सेन शर्मा पनि अभिनयमा त्यत्तिकै सार्थक मानिने गरेकी छिन् । सन १९९४ बाट नायिकाको रुपमा कोकर्णाले अभिनय यात्रा अघि बढाएकी हुन् । उनले पनि तीन दर्जन भन्दा बढी बलिउड तथा बँगाली चलचित्रमा अभिनेत्रीको रुपमा काम गरिसकेकी छिन् । आमाकै प्रभावले आफु यो चलचित्रमा आएको कोंकणाले बताउने गरेकी छिन् ।

तनुजा र काजोल-तनिशा
आफ्नो समयमा बलिउडकी अर्की प्रभावशाली अभिनेत्री तनुजा हुन् । तनुजाको दुई छोरी काजोल र तनिशा नै बलिउडमा अभिनेत्रीको रुपमा लोकप्रिय छिन् । सन १९५०बाटै अभिनय यात्रा थालेकी तनुजा १९६० देखि ८०को दशकसम्म बलिउडमा व्यस्त र प्रभावशाली अभिनेत्रीको रुपमा लोकप्रिय भईन् । उनले सैयौं सफल चलचित्रमा अभिनेत्रीको रुपमा काम गरिसकेकी छिन् । आमा तनुजाको पथ पहिल्याउँदै सन १९९२ मा चलचित्र बेखुदी मार्फत काजोल अभिनयमा आईन् । त्यसपछि उनले सन २०१०सम्म लगातार एकपछि अर्को हिट चलचित्र बलिउडलाई दिँदै आईन् । उनी पछिल्लो समयपनि त्यत्तिकै सक्रिय छिन् । काजल जस्तै उनकी बहिनी तनिशा पनि बलिउडमा सँघर्षरत अभिनेत्रीको रुपमा छिन् । उनी बलिउडमा जम्न नसकेपछि केही समय यताबाट सानोपर्दामा सक्रिय छिन् ।

हेमा मालिनी र ईशा देओल
बलिउडकी अर्की लोकप्रिय अभिनेत्री हेमा मालिनी हुन् । उनी पनि आफ्नो समयका सर्वाधिक सफल अभिनेत्री हुन् । पछिल्लो समय चलचित्र भन्दा पनि उनी राजनीतिमा बढी सक्रिय छिन् । तथापि उनले चलचित्र अभिनयलाई भने छाडेकी छैननन् । सन १९६५मा सहायक चरित्रको रुपमा उनले अभिनय यात्रा सुरु गरेकी थिईन् । त्यसको केही वर्षमै शिर्ष अभिनेत्री भएकी हेमाले १९७०देखि ९०को दशकसम्म बलिउडमा कैयौं हिट चलचित्रहरु दिईन् । यिनै अभिनेत्रीको यात्रालाई पहिल्याउँदै छोरी इशा देओल पनि अभिनेत्रीको रुपमा बलिउडमा आईन् । सन २००२बाट अभिनय यात्रा सुरु गरेकी इशाले यो अवधिमा तीन दर्जन भन्दा बढी चलचित्रमा नायिकाको रुपमा काम गरिसकेकी छिन् । आमा हेमा र वुवा धर्मेन्द्रको प्रभावले आफु नायिकाको रुपमा यो क्षेत्रमा आएको इशाको कथन छ । इशा पनि बलिउडकी सुन्दर अभिनेत्री हुन् ।

डिम्पल कपाडिया र ट्विंकल खन्ना
बलिउडकी प्रभावशाली अभिनेत्रीको सूचीमा डिम्पल कपाडिया पनि पर्छिन । उनी सन १९७०को दशकपछि हालसम्म पनि बलिउडमा त्यत्तिकै सक्रिय रहँदै आएकी छिन् । चलचित्र ववीबाट सन १९७१ मा डेब्यु गरेकी यी अभिनेत्रीले त्यसपछि लगातार दिन दशकसम्म अभिनेत्रीको रुपमा काम परिन् । अभिनयसँगै राजनीतिमा पनि सक्रिय डिम्पल अहिले पनि चलचित्रमा प्रस्तुत हुँदै आएकी छिन् । आमा डिम्पलकै प्रेरणाले छोरी ट्विंकल खन्ना पनि अभिनय क्षेत्रमा आएकी हुन् । ट्विंकलले सन १९९५मा चलचित्र वर्षातबाट नायिकाको रुपमा अभिनय यात्रा सुरु गरेकी थिईन् । पहिलो चलचित्र नै हिट भएपछि उनले एकपछि अर्को गर्दै सन २००१सम्म डेढ दर्नन चलचित्रमा काम गरिन् । अभिनेता अक्षय कुमारसँग विवाह गरेपछि उनी अभिनेत्री भन्दा निर्माताको रुपमा सक्रिय छिन् । बलिउडमा डिम्पल कपाडिया र ट्विंकल खन्ना दुबैलाई सफल आमाछोरीको रुपमा लिने गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 149 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सिक्रेटारमा ‘नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम’ सुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुटवलमा गठबन्धनले गरेकै स्थानमा आज ओलीको आम सभा