राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ४ लाई बालविवाह वडा मुक्त घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमबीच सो वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो । नेपालको कानुनले विवाह गर्ने उपयुक्त उमेर २० वर्षलाई तोकेको छ ।
बालविवाह मुक्त वडा घोषणा गर्न सेभ द सप्तरी, सेभ द चिल्ड्रेन, गाउँपालिका र वडा कार्यालयद्वारा बालविवाह मुक्त अभियान संचालन निर्देशिका २०८० बमोजिम गरिएका विभिन्न कार्यक्रम, अभियान र प्रयास पश्चात् १२ बुँदे स्पष्ट सूचक प्राप्त भएकाले त्यसैकै आधारमा यस्तो घोषणा गरिएको वडाअध्यक्ष सुर्यनारायण यादवले बताए ।
सेभ द सप्तरीका परियोजना संयोजक विष्णुकान्त देवका अनुसार उक्त वडामा बसोवास गर्दै आएका विभिन्न समुदायका प्रतिनिधि, अगुवा, पुरोहित, मौलाना, मायनजन लगायतले वडामा बालविवाह हुन नदिने प्रतिबद्धता समेत जनाएका छन् ।
अभिभावकले समेत सन्तानको उमेर नपुगि बालविवाह नगर्ने, नगराउने, कतै भए भोजभतेरमा सामेल नहुने, अवरोध पु¥याउने प्रतिवद्धता जनाएका छन् ।
बाालविवाह मुक्त वडा लेखीएको ब्यानर पढेर घोषणा सभाको उद्घाटन गरेका कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य एवं पूर्व कृषिमन्त्री गोबिन्द न्यौपानेले बालविवाहले निम्त्याउने स्वास्थ्य, पारिवारिक, सामाजिक तथा आर्थिक समस्या ’bout चर्चा गर्दै यसलाई रोक्न सबैले आ–आफ्नो टोल र समुदायमा सक्रिय रहनु पर्नेमा जोड दिए ।
सेभ द सप्तरीका अध्यक्ष ध्रुव देवले बालविवाह मुक्त वडाको रुपमा पहिचान बनाउन सफल भएकोमा वडावासीलाई बधाई दिँदै यसलाई कायम राख्न सबै पक्षको सहयोग र सक्रियता उत्तिकै अपरिहार्य रहेको बताए ।
कार्यक्रममा छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष राजुदेवी यादव, सल्लाहकार तेजनारायण यादव, सेभ द सप्तरीका फिल्ड अधिकृत मुकेशकुमार मण्डल लगायत विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएका थिए ।