तेल भिसाका निर्माता शंकर र ऋचाबिरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । आगामी ७ मंसिरबाट रिलिज हुने भनिएको नेपाली चलचित्र ‘तेल भिसा’का निर्माता तथा निर्देशकबिरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ । चितवन बस्ने आनन्द घिमिरेले यो चलचित्रका निर्माता तथा निर्देशक शंकर घिमिरे र निर्माता एवम् अभिनेत्री ऋचा घिमिरेले प्रहरीमा उजुरी दिएका हुन् ।

अमेरिका बस्दै आएका शंकर र ऋचा दम्पत्तिले आफुुलाई अमेरिका लैजान्छु भनेर पैसा ठगी गरेको दाबीसहित घिमिरेले उजुरी दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले पनि उजुरी परेको पुष्टी गरेका छन् । यो विषयमा दुबै पक्षसँग कुराकानी भईरहेको पनि प्रहरीले जनाएको छ ।

आफुहरुबिरुद्ध प्रहरीमा उजुरी परेपछि तेल भिसाका निर्माता तथा निर्देशक शंकर घिमिरेले अन्य प्रकरण र लेनदेनको विषयलाई लिएर आफ्नो चलचित्रको प्रदर्शनलाई असर पार्न नियोजित रुपमा प्रहरीमा उजुरी दिएको बताएका छन्,‘ प्रहरीमा उजुरी दिने नवराजजी नातामा मेरो ज्वाईं पर्नु हुन्छ । मैले उहाँलाई उल्टै आर्थिक सहयोग गर्दा गर्दै पनि यतिबेला खराव नियमले हाम्रो विरुद्ध प्रहरीमा उजुरी दिएकाले अब म उहाँ बिरुद्ध नै उजुरी दिने पक्षमा छु ।’

आफ्नो नाता पर्ने आनन्द घिमिरेले नेपालबाटै इमिग्रेन्ट भिसामा अमेरिका जानको लागि त्यहाँको वकिलसँग सल्लाह गरेर कागजात बुझाएको निर्देशक निर्देशक घिमिरेले बताएका छन्,‘उहाँले मसँग यो विषयमा सल्लाह माग्दा मैले वकिलको’boutमा सल्लाह दिएको हो र वकिलको लागि आबस्यक खर्च सापटीको रुपमा दिएको पनि हो ।’ यतिबेला आनन्द घिमिरेको त्यो भिसाको प्रकृया के भएको भन्नेवारे आफुले चलचित्रमा व्यस्त भएका कारण चासो नदेखाएको पनि यी निर्देशकले बताए ।

आफुले आनन्द घिमिरेको परिवारलाई नेपाल आउँदा सामान ल्याउने देखि आर्थिक सहयोग पनि गरेको निर्देशक शंकर घिमिरेले जिकिर गरेका छन् । त्यसैले अब आफु र श्रीमती एवम् अभिनेत्री ऋचा घिमिरेले यो प्रकरणमा मानहानी भएको भन्दै उजुरी दिने पनि राजधानीलाई बताए ।

यो चलचित्रकी अभिनेत्री ऋचा घिमिरेले यो प्रकरणमा आफुलाई केही जानकारी नभएको बताईन् । चलचित्र तेल भिसाको लागि आबस्यक कलाकारहरुले बैधानिक रुपमा भिसा लगाएर अमेरिकामा छायाँकन गरेको र छायाँकन सकिएपछि यसका अभिनेता विपिन घिमिरे, अभिनेत्री वर्षा राउत, छायाँकार सुसान्त प्रजापतिलगायतका प्राविधिक नेपाल फर्किएर यहाँ काम गरिरहेको पनि उनले बताईन् । चलचित्रसँग सम्बन्धित नभएको व्यक्तिले चलचित्र बनाउने नाममा अमेरिका लान भनेर पैसा लियो भन्ने उजुरीले आफुहरुको मानहानी भएको पनि अभिनेत्री ऋचाले बताएकी छिन् ।

यो चलचित्रको रिलिजको लागि शंकर र ऋचा यतिबेला काठमाडौंमा छन् । यही मौका छोपेर आफहरु बिरुद्ध उजुरी दिएको पनि यी दम्पत्तिको ठहर छ । यो प्रकरणमा चाँडै पत्रकार सम्मेलन गरेर आफुहरुले प्रष्ट पार्ने पनि यी दम्पत्तिले राजधानीलाई बताए ।

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्धक्क भएर मतदान गर्नुस् : प्रधानमन्त्री