शुक्रबारबाट कालीप्रसादको सांगीतिक यात्रा

काठमाडौं । यतिबेला संगीतकार तथा गायक कालीप्रसाद बासकोटा दैनिक गायन अभ्यासमा व्यस्त छन् । उनी आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसरमा पोखरा र बुटवलमा प्रस्तुत हुँदैछन् । सोही प्रस्तुतिको लागि यतिबेला आफु अभ्यासमा व्यस्त भएको गायक बासकोटाले राजधानीलाई बताए । नवीन शैलीका गीत गाउन र तयार पार्न रुचाउने कालीप्रसाद आफ्नो व्याण्ड साथीभाइसहित पोखरा र बुटवलमा गुञ्जन लागेका पनि जनाएका छन् ।

उनी आफ्नो प्रस्तुतिको लागि विहिवार नै पोखरा लाग्दैछन् । गायक बासकोटा र उनको व्याण्ड साथीभाई शुक्रबार पोखराको लेकसाइडमा अवस्थित किङ्स लाउन्ज पोखरामा एकल सांगीतिक प्रस्तुती दिने भएको छ । आफु र आफ्नो व्याण्डको यस वर्षको यो तेस्रो सिजनको प्रस्तुती भएको पनि उनले बताएका छन् ।

किङ्स लाउन्ज पोखराले पनि बासकोटाका प्रसँसकबाट उनका गीतहरुको सुची तयार गरेर त्यसमा अभ्यासको लागि अनुरोध गरेको जनाएको छ । पोखरामा उनलाई सुन्ने चाहना दर्शकबाट आएपछि यो कार्यक्रम राखेको पनि सो लाउन्जले जनाएको छ ।

बासकोटा र उनको व्याण्डले पोखरापछि शनिबार बुटवलको द कन्सेप्ट क्लब एण्ड पबमा आफूलाई प्रस्तुत गर्नेछ । पोखरा र बुटवलमा बासकोटा र उनको व्याण्डले उनले ‘निर जहिल्यै रिसाउनी’, ‘अजम्बरी लाउला पिरती’, ‘माया रैछ र भर रैछ नि’ र ‘जीवन जात्रा हो’ लगायतका लोकप्रिय गीत सुनाउने भएका छन् ।

पोखरा र बुटवलपछि बासकोटा र उनको व्याण्डले चाँडै नै सुनसरी, झापा, चितवनलगायतका स्थानमा कन्सर्ट प्रस्तुत गर्नेछन् । यसअघि उनीहरुले काठमाडौंसहित ललितपुर, मोरङ, सुनसरी, धनकुटा र भोजपुरमा प्रस्तुती दिइसकेका छन् ।

‘यो सांगीतिक यात्रा मेरो व्यक्तिगत उपलब्धिलाई मात्र उत्सवका रुपमा मनाउँदै छैन, यसले नेपाली संगीतको वृत्ति विकासलाई पनि उजागर गर्नेछ ।’ बासकोटाले भने,‘हाम्रो सांगीतिक यात्राले प्रसँसकबीच पुराना र नयाँ गीत पस्कनेसँगै मेरो यात्रा, करियर, गीत सिर्जनाका अविष्मरणीय क्षणलाई दर्शकमाझ प्रस्तुत गर्नेछ’।

कालीप्रसादको नेपाल टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ । नेटवर्कले चार वर्षदेखि काली प्रसाद र उनको व्याण्डको व्यवस्थापन हेर्दै आएको छ,‘आफ्नो नवीन शैलीका लागि परिचित कालीप्रसादले नेपाली सम्पदाका समृद्ध तत्वहरुसँग समसामयिक ध्वनिहरु मिसाएर नेपाली फिल्मका संगीतलाई पुनः आकार दिएका छन् । उहाँका गीत परिवारदेखि समाज हुँदै राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा लोकप्रिय छन् ।’ पीभीई नेटवकका विकेश कायस्थले भने, ‘उहाँको १५ वर्षे करियरको उत्सवमा हातेमालो गर्न पाउँदा हामी उत्साहित छौं’।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

इलामको कृषि प्रदर्शनीमा ३० किलोको घरतरुलदेखि १७ किलोको फर्सी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका