तातोपानीको महत्व बुझाउन र प्रचार गर्न लमजुङमा महोत्सव

लमजुङ । लमजुङमा सञ्चालित भएको पाँच दिवसीय मर्स्याङदी महोत्सवको तेस्रो दिन तातोपानी महोत्सव गरिएको छ । देश विदेशमा तातोपानी कुण्डको महत्व बुझाउन र प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको हो ।

मर्स्याङदी गाउँपालिकाको आयोजनामा भएको मर्स्याङदी महोत्सवका अवसरमा पालिका भित्रका महत्वपूर्ण स्थललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि महोत्सवको आयोजना गरिएको हो । त्यसैमध्येको एक दिने तातोपानी महोत्सव, मर्स्याङदी गाउँपालिका– ४ को जगतमा तेस्रो दिन गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले महोत्सवको उदघाटन गर्दै तातोपानी कुण्ड गाउँपालिकाका लागि प्रकृतिको बरदान भएको बताए । उनले यसको प्रचारप्रसार गरेर पर्यटकीय गन्तव्य बनाउन सके यो क्षेत्रमा समृद्धिको ढोका खुल्ने उल्लेख गरे । मर्स्याङदी महोत्सवको उद्देश्य गाउँपालिका भित्रका सम्भाव्य स्थलहरूको पहिचान गरी तिनको प्रचार प्रसार गरी देशविदेशमा चिनाउने र पर्यटकहरूलाई आकर्षण गर्ने रहेको उनले बताए ।

अध्यक्ष गुरुङले अन्नपूर्ण चक्रिय पदमार्गमा रहेको तातोपानीको प्रचार प्रसार भई पर्यटकीय गन्तव्य बनाउन सक्दा यसले यस रुट र आसपासको क्षेत्रमा आर्थिक गतिविधि बढाई समृद्धिको मार्ग प्रशस्त गर्ने हुन्छ भन्ने विश्वास गरेको जानकारी दिए ।

उनले यो तातोपानी कुण्डको प्रचारप्रसार र थप व्यवस्थित गर्नका लागि हामी सबैसँग हातेमालो गर्न तयार छौं यस कार्यमा प्रदेश र संघ सरकारको समेत ध्यानाकर्षण गर्ने छौं भन्ने जानकारी दिए । उनले भने यसका लागि बृस्तृत अयोजना बनाउने योजनाको गाउँपालिकाको रहेको समेत उनले बताए ।

सम्ुद्र सतहदेखि एक हजार २५० मिटरको उचाईमा रहेको उक्त तातोपानी कुण्ड अन्नपूर्ण चक्रिय पदमार्ग तथा बेसीशहर– चामे सडक खण्डको जगत बजार नजिक मर्स्याङदी नदी किनारमा रहेको छ । जगत बजारबाट १० मिनेटको पैदल दुरीमा रहेको स्थानीय समेत रहेका लमजुङ उद्योग वाणिज्य संघको खुदी इकाईका अध्यक्ष खुशीराम गुरुङले बताए । उनका अनुसार यो ठाउँमा आएर विदेशी पर्यटकहरू सात दिनसम्म बसेर नुहाउने काम गरेका छन् । उनले भने ‘दुई वर्ष अघिबाट यसलाई व्यवस्थित गरी तातोपानीलाई व्यवसायिक बनाउन थालिएको हो ।’

सुरुका दुई वर्ष प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क लिने गरेकोमा गएको बडादशैंंदेखि शुल्क बढाएर एक सय रुपैयाँ बनाएको उनले जानकारी दिए । उनका अनुसार त्यो शुल्कको समय निर्धारण छैन, दिनभर कुण्डमै बस्छु भने पनि पाउँछ । उनले भने, ‘पर्यटकीय आकर्षण तथा नुहाउने व्यवस्थापनका लागि ठूला साना गरी सात वटा कुण्ड(पोखरी) निर्माण गरिएको छ ।’ सबैभन्दा ठूलोमा ३० जना, मझौला दुईवटामा २०–२० जना र साना चारवटामा ४–५ जनाका दरले एक पटकमा नुहाउन सक्छन् महोत्सवको व्यवस्थापन पक्ष हेर्ने खुशीराम गुरुङले जानकारी दिए । उनका अनुसार् महोत्सवको अवसरमा भने निःशुल्क गरिएको थियो, एक सयभन्दा बढीले सो अवसरमा नुहाएका छन् ।

तातोपानी नुहाउनेको सबैभन्दा बढी भिड कार्तिक महिना र चैत महिनामा हुन्छ । त्यसमा पनि शनिबार र मंगलबारको दिनमा नुहाउनेहरूको बढी भिड लाग्ने गर्दछ । सो तातोपानी कुण्डमा नुहाएपछि बाथको रोगका साथै छाला सम्बन्धि रोग एलर्जी, चाया, पोतो, चिलाउने आदि निको हुन्छ भन्ने जनविश्वास रहिआएको छ लमजुङ उद्योग वाणिज्य संघको खुदी इकाईका अध्यक्ष खुशीराम गुरुङले जानकारी दिए । उनले भने, ‘तातोपानीको मुहानको तापक्रम ५८ डिग्री रहेको छ ।’

मुलको मुहानबाट तातोपानी नुहाउने पोखरीसम्म आउँदा २, ३ डिग्री कम हुन्छ, नुहाउनका लागि ३५ डिग्रीदेखि ४५ डिग्रीसम्म तापक्रम राख्ने गरिएको छ । प्रायः ४० डिग्रीमा राख्ने गरिन्छ तातोपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष अदमसिंह गुरुङले बताए । उनका अनुसार कोही त १० मिनेटमै रिंगटा लाग्यो भनेर निस्कन्छन् भने कोही एक घण्टासम्म पनि बस्छन् । एक सय रुपैयाँ तिरेपछि हामीले यतिनै समयमा नुहाएर सक्नु पर्छ भन्दैनौं ।

तातोपानी महोत्सवको व्यवस्थापकीय पाटोको प्रवन्ध लमजुङ उद्योग वाणिज्य संघको खुदी इकाईका अध्यक्ष खुशीराम गुरुङको नेतृत्वको टोलीले गरेको थियो । महोत्सवको उदघाटन सत्रको अध्यक्षता तातोपानी पर्यटन व्यवस्थापन समितिका अध्यक्ष अदमसिंह गुरुङले, स्वागत सचिव बलबहादुर गुरुङले र सञ्चालन सदस्य आशीष गुरुङले गरेका थिए । उनले भने ‘कार्यक्रमको बीचबीचमा स्थानीय नृत्य तथा सांगीतिक प्रस्तुति रहेको थियो ।’

जगत स्थित उक्त तातोपानी कुण्ड लमजुङको सदरमुकाम बेसीशहरदेखि २७ किमिको दुरी, मनाङको सदरमुकाम चामे जाने सडक खण्डमा रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अख्तियारसम्बन्धी बिल अलपत्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेकाे लालकिल्लामा मेयर जितेर इतिहास रचिन् मीना लामाले