‘विमाले सम्बन्ध विस्तारमा सहयोग पुग्छ’

राजविराज । नेपाल विमा प्राधिकरण मधेश प्रदेश कार्यालका प्रमुख प्रिती देवले विमाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न समेत सहज हुने कुरा बताएकी छिन ।

विहीवार राजविराजमा प्राधिकरणद्वारा आयोजना गरिएको सप्तरीका पत्रकारहरुसंगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले यस्तो बताएकी हुन ।

प्राधिकरणले विमा कम्पनीहरुलाई नियमको परिधी भित्र रहेर काम गरे–नगरेको अनुगमन गर्ने समेत अधिकार राख्ने बताउदै उनले पद्धती मिचेर काम गर्ने विमा कम्पनीहरुलाइ कारवाही पनि गर्न सक्ने उल्लेख गरिन ।

थोरै आय भएका ब्यक्तीहरुलाई पनि विमामा कसरी सहभागी गराउन सकिन्छ भन्ने सोचका साथ प्राधिकरणले काम गरिरहेको उनको भनाई छ । नयाँ विमा नियमावली आउने क्रममा रहेको बताउँदै उनले उक्त नियमावली न आउन्जेल सम्म विमा सम्बन्धि नियमावली २०४९ अनुसार नै काम गरिने बताईन ।

विमा सबैका लागी अत्आवश्यक रहेको दाबीका साथ उनले बिमा गर्दा कम्पनीको बैद्यता रहे–नरहेको, प्राधिकरणमा दर्ता भए–नभएको लगायतका विषयमा पुर्ण जानकारी लिएर मात्र विमा गराउन उनले आग्रह गरिन ।

उनले विमा योजनालाइ कसरी गाउँ–गाउँमा पु¥याउने र थोरै आय भएका ब्यक्तीलाई कसरी विमामा जोडने लगायतका विषयमा सचेतना र्फलाउने उदेश्यले पनि यस्तो कार्यक्रम रोजिएको बताइन । उनले उक्त कार्यक्रम सफल बनाउन सञ्चारकर्मीहरु संग सहयोग संगै आवश्यक रायसुझाव समेत मागिन ।

पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा प्राधिकरणको मधेश प्रदेश कार्यालयका सहायक निर्देशक रोमिला शर्माले पनि सञ्चारकर्मीहरुको विभिन्न जिज्ञासाको जवाफल दिएकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

शान्ति सुरक्षाको माग गर्दै कवाड व्यवसायीले बुझाए ज्ञापनपत्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तेस्राे स्थानमा रहेकी सिर्जना सिंह भन्छिन, जित्ने आश बाँकी नै छ