काठमाडौं । आम जनता पार्टी (आजपा) ले शनिबार एकैदिन काठमाडौं र मधेसमा बिशेष कार्यक्रम सुरु गर्दैछ । काठमाडौंमा ‘सरकारको मनपरी कर आतंक बिरुद्ध प्रदर्शन’ हुदैछ भने उता मधेस प्रदेशको सप्तरीको राजविराजबाट ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ सुरु हुदैछ ।
आजपाको काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा ‘सरकारको मनपरी कर आतंक बिरुद्ध प्रदर्शन’ कार्यक्रम शनिबार बिहान १२ः३० बजे काठमाडौंको शान्तिबाटिबाट शुरु हुदैछ । काठमाडौं उपत्यका विशेष कमिटीका उपाध्यक्ष रविन्द्र सिंहले तीनै तहको सरकारले मनपरी कर बृद्धि गर्दै आम जनताको ढाड भाच्ने र लुट मचाउदै राज्यको ढुकुटी लुटिरहेकाले आजपा सडकमा उत्रिनुपरेको बताए ।
उता शनिबार नै आजपा प्रदेश कमिटीको आयोजनामा ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ कार्यक्रम पनि सुरु हुदैछ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको प्रमुख आथित्यमा सप्तरीको राजविराजबाट शुरु हुने भ्रष्टाचार बिरुद्धको मधेस यात्रा कार्यक्रम मधेसका सबै जिल्ला हुदै पर्साको बीरगंजमा पुगेर समापन हुन्छ ।
पाँच दिनसम्म चल्ने सो भ्रष्टाचार बिरुद्धको मधेस यात्रा कार्यक्रम मधेसका बिभिन्न जिल्लामा भेला, बैठक, खबरदारी सभा, अन्तरक्रिया, भेटघाट लगायतका कार्यक्रम तय गरिएको सिंहले जनाएका छन् । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा हुदै पर्सा पुगेर समापन हुने भ्रष्टाचार बिरुद्धको मधेस यात्रा कार्यक्रम विशेष गरी हुलाकी राजमार्ग हुदै बिभिन्न कार्यक्रम हुनेछ ।
मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । सोही बिषयलाई लिएर आजपाले काठमाडौंमा विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेशमा जागरण अभियान सञ्चालन गर्न लागेको हो ।
आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकार कुम्भकरण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको ’boutमा जानकारी गराउनका लागि पार्टीले काठमाडौं सहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गर्न लागेको बताए । मुलुकमा भ्रष्टाचार कुशासन, अनियमितता बढदै गईरहेको बताउदै उनले सोझासाझा जनतामाथि अनावश्यक करमाथि कर थुपार्ने काम सरकारले गरेर राज्यको ढुकुटी लुटेको आरोप लगाए ।
आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आवाज उठाउदै आएको छ ।