वास्तविक घटनामा केन्द्रित भिडियो बाबा आमा

काठमाडौं । आधा दशकदेखि मोडलिङ गर्दै आएका नवलपरासीका भुवन लोहनीले गत वर्ष फुलपातिमा गाडी दुर्घटनामा आफ्ना परिवारका ६ जना सदस्य गुमाएका थिए । पाल्पालको रानीमहल नजिक भएको कार दुर्घटनामा भुवनका वुवा, आमा, भाउजु, भतिजाहरु र दाईको सासुआमाको निधन भएको थियो । दुर्घटनामा उनका दाई मात्र बाँचेका थिए ।

सोही घटनामा केन्द्रित रहेर मोडल भुवनले नयाँ वियोगान्त गीत ‘बाबा आमा’को भिडियो सार्वजनिक गरेका छन् । वुवा आमाप्रति समर्पित रहेर यो गीत उनले नै लेखेका हुन । गीतको भिडियोलाई शुक्रबार बेलुका ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो । यो गीतलाई शिव परियारले गाएका हुन् । जसमा दीपक शर्माको संगीत रहेको छ ।

गीतको भिडियोमा वुवा आमाले एउटा सन्तान जन्माएर हुर्काउँदा गरेको सँघर्ष र दुर्घटनपछि उनीहरुको निधन भएको उल्लेख छ । आफ्नो वास्तविक घटनामा केन्द्रित रहेर गीत तथा भिडियो निर्माण गरेको मोडल भुवनले बताएका छन् ।

यो गीतको भिडियोमा वुवा आमाको भूमिकामा सरोज खनाल र सूर्यमाला खनाल रहेका छन् । छोराको भूमिका भुवन आफैंले निर्वाह गरेका छन् । भिडियाका अन्य कलाकारमा संजोग अधिकारी, प्रान्भी अधिकारी, साईना डंगोल, आशामायाँ डंगोल, अकलमान डंगोल, सुरेन्द्र डंगोललगायतको अभिनय छ । यो गीतको भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन् । भिडियोको कार्यकारी निर्माता सौगात बस्नेत हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 96 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरको मध्यपुर थिमीमा ज्वाइँ जेठानकाे भीडन्त हुने