महावुमा अध्यक्ष पद लागि कांग्रेसबाट भण्डारीको उम्मेदवारी दर्ता

दैलेख । महावु गाउँपालिकामा अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट झलक भण्डारीको उम्मेदवारी दर्ता गरेका छन् ।

महावु गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसबाट झलक भण्डारीले उम्मेदवार दर्ता गरेका हुन् । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि भण्डारीले आज पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

भण्डारीले ११:४५ मा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डे जानकारी दिए । अन्य दल मनोनयन दर्ताको लागि आउदै हुनुहुन्छ । अहिले सम्म नेपाली काँग्रेसको उम्मेदवार झलक भण्डारीले मात्र मनोनयन दर्ता गर्नु भएको छ, उनले भने ।

त्यसैगरी दुल्लूनगरपालिका वडानं –१३ वडाअध्यक्ष पदका लागि चार जनाले उम्मेदवार दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट रेशमबहादुर शाही,नेकपा माओवादीबाट ढकेन्द्र बहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट पुर्ण प्रसाद उपाध्याय र राप्रपा पार्टीबाट रेशमबहादुर शाहीले उम्मेदवार दर्ता गरेको मुख्य निर्वाचन अधिकृत पाण्डे जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 53 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा १६६ वटा मतदानस्थल, ४०९५ जना सुरक्षाकर्मी परिचालन