काठमाडौं । पूर्वसभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुंगानाको निधन भएको छ । फ्रन्टलाइन अस्पताल, काठमाडौंमा उपचारको क्रममा उनको आज दिउँसो निधन भएको जनाइएको छ । उनी कलेजोसम्बन्धी समस्याबाट पीडित ढुंगना केही समय देखी उपचाररत थिए ।
ढुंगाना आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए । ०४६ सालको जनआन्दोलन पछि प्रतिनिधिसभाको पहिलो निर्वाचित सभामुखको जिम्मेवारीमा थिए । उनी बरिष्ठ अधिबक्तासमेत हुन् ।
तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)