हरिवन व्यापार तथा औद्योगिक मेला महोत्सव आज समापन हुने

हरिवन । सर्लाहीको हरिवन नगरपालिकामा आइतबारवाट हरिवन व्यापार तथा औद्योगिक मेला महोत्सव–२०८१ सुरु भएको छ। उधोग वाणिाज्य संघ हरिवनको आयोजनामा सुरु गरिएको महोत्सव आज सोमबार समापन हुने भएको छ।

हरिवन व्यापार तथा औद्योगिक मेला महोत्सव–२०८१ स्थानीय तथा क्षेत्रीय व्यापार, उद्योग, कला, संस्कृति, र पर्यटन प्रवर्द्धनको मुख्य केन्द्र बन्ने अपेक्षा गरिएको उधोग वाणिज्य संघका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिए।

यस महोत्सवले उद्योगी, व्यवसायी, किसान, हस्तकलाकार तथा स्थानिय उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। मेलामा विभिन्न व्यापारिक कक्ष, स्थानीय उत्पादनहरूको प्रदर्शनी, सांस्कृतिक प्रस्तुति, मनोरञ्जनात्मक कार्यक्रम तथा कृषि उपकरणहरूका स्टलहरू रहेको पोतेले जानकारी दिए।

आयोजक समितिका अनुसार, मेलामा ५० भन्दा बढी स्टलहरू रहको , जसमा साना तथा ठूला उद्योगहरूको सहभागीता रहनेछ। यस महोत्सवले क्षेत्रीय अर्थतन्त्रलाई गतिशील बनाउँदै स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा पु-याउन योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको आयोजकले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

epaper

ताजा समाचार

झापाको बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए