Friday, April 23, 2021
Home भर्खरै राजपा एकीकरणप्रति झा र यादव असन्तुष्ट

राजपा एकीकरणप्रति झा र यादव असन्तुष्ट

,

जनकपुरधाम । बुधबार अबेर राति समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको एकीकरणलाई लिएर राजपामा असन्तुष्टि देखिएको छ । एकीकरणका लागि छलफल गर्न बोलाइएको बैठकमा राजपा नेपाल अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा र राजकिशोर यादव अनुपस्थित भएसँगै असन्तुष्टि बाहिरिएको हो ।

दुवैजना एकताको पहिलादेखि नै विरोधी रहदै आएका थिए । उनीहरुले पहिला राजपा नेपालको अधिवेशन हुनुपर्ने अनि मात्र समाजवादी पार्टीसँग एकीकरण हुुनुपर्ने अडान लिँदै आएका थिए । उनीहरुलाई बैठकमा आउनका लागि पटक पटक आग्रह गरिएको थियो । उनीहरु आजको बैठकमा अनुपस्थित भएको एक नेताले बताए । एकीकरणका लागि भएको छलफलमा राजपा नेपालको तर्फबाट महन्थ ठाकुर, महेन्द्र राय यादव, राजेन्द्र महतो र शरतसिंह भण्डारी मात्र उपस्थित भए ।

अध्यक्षमण्डलका सदस्यद्वयको भूमिका के हुने सम्बन्धमा कसैले केही बताइरहेको छैन । उहाँ दूबैजना मोबाइल पनि उठाइरहनु भएको छैन । राजनीतिक विशलेषक डा. सुरेन्द्र लाभले भने, उहाँ दूबैजनाको मौनताले कुनै भूमिका खोली रहेको जस्तो लागि रहेको छ । यदि होइन भने अर्को विषमयकारी समाचार नआउन सक्छ भन्न सकिन्न । जो व्यक्ति राजपामा निर्णायक तहमा थिए अब त्यस्तो अवस्था रहँदैन उनको कथन थियो ।

राजकिशोर यादव निकटका एक नेताका अनुसार यादव र झा निर्णय लिनमा केही दिन प्रतिक्षा नै गर्छन । अहिले अर्को पार्टी निर्माण गर्दा संसद पद जाने खतरा रहेकाले असन्तुष्ट नेताकै रुपमा रहने ती नेताले वताए ।

नयाँ पार्टीको मर्यादाक्रम
राजपा र समाजवादी पार्टीको एकीकृत पार्टीको मर्यादाक्रममा पहिलो स्थान महन्थ ठाकुरको रहनेछ भने दोस्रो स्थान डा बाबुराम भट्टराईको रहने समेत सहमति भएको छ ।

‘पार्टी एकता गर्दा अहिले दुई जना नेताको मर्यादाक्रम टुंगिएको छ जस अनुसार ठाकुर जी पहिलो स्थानमा र पूर्व प्रधानमन्त्री भट्टराईलाई दोस्रो स्थानमा राखिने भएको छ, बैठकमा सहभागि एक नेताका अनुसार ‘बाँकी नेताहरूको मर्यादाक्रम पछि तय गर्दै जाने सहमति भएको छ । ’

उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राजेन्द्र महतो, शरतसिंह भण्डारी सहित राजपाका अध्यक्ष मण्डलका अन्य सदस्यहरुको पनि टुंग्याउन बाँकी नै रहेको ती नेताले बताए । यसअघिको बैठकमा राजेन्द्र महतोले तेस्रो बरियतामा अशोक राईलाई राख्न प्रस्ताब दिएका थिए । तर उपेन्द्र यादव तेस्रो वरियतामा आफू रहन चाहन्छन स्रोतले जनाएको छ ।

(Visited 573 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

साताका लोकप्रिय समाचार

बझाङ जिल्ला कोरोनाको उच्च जोखिममा

बझाङ । जिल्ला अस्पताल बझाङमा विभिन्न समस्या लिएर पुग्ने सेवाग्राहीको २ वैशाखका दिन भिड थियो । मास्क प्रयोग गर्नेको संख्या भने न्यून थियो ।...

सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । आज विहान बसेको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बैठकले विद्यालय बन्द गरी अनलाइन...

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन: निर्वाचनको तयारीमा बसौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टीका नेता...

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

रामको ससुरालीमा कुनै चहल पहल देखिएन (फोटोफिचर)

जनकपुरधाम । राम जन्मोत्सवको अवसरमा भगवान रामको ससुरालीमा कुनै चहल पहल देखिएको छैन । जनकपुरधामको प्रसिद्ध स्थल राम मन्दिरमा भक्तजनहरुको खासै भीड देखिएको छैन...

ट्रेन्डिङ

प्रचण्डका सम्बोधन पुस्तकमा संग्रहित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरकार प्रमुखका रुपमा व्यक्त विचारहरुको संग्रह ‘नयाँ युगको पदचाप’ हालै सार्वजनिक भएको छ...

थप एकमा सङ्क्रमण, ५२ पुगे सङ्क्रमित

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण थप एक जनामा देखिएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षणका क्रममा झापाका ५० वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको...

सुत्केरी श्रीमतीलाई अलपात्र पारेर श्रीमान प्रेमिकासंग भागेपछि…

 काठमाडाैं । चौध वर्ष अघि देवकुमार (दिपेश) भुजेल र विनिता राउतको पिरती बस्दा छुट्नुपर्ने कल्पना कहिल्यै गरेनन् । ओखलढुङ्गाको रावादोलु गाउँको वनपाखामा लुकीछिपी लगाएको...

भारतमा कोरोनाबाट झण्डै ६ लाख संक्रमित, १७ हजारभन्दा बढीको मृत्यु

नयाँदिल्ली । महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या भारतमा छ लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार भारतमा हालसम्म कोरोनाभाइरसबाट...

नेकपा एमसिसी कार्यदलले आज प्रतिवेदन बुझाउने

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयसमक्ष बुझाउने भएको छ ।...

रोनाल्डो चम्किदा युभेन्ट्स विजयी

रोम । कोरोना भाइरसको महामारीकाबीच इटालीमा जारी रहेको फुटबल लिग सिरी एमा युभेन्टेसले लिसलाई शुक्रबार राति ४–० ले पराजित गरेको छ । यो खेलमा...

ड्राइभर ढोकाबाट खस्दा पल्टियो बस

धनकुटा । धनकुटाको नुनथलास्थित कोशी राजमार्गमा हिजो मंगलबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भए । तेह्रथुमबाट २५ जना यात्रु बोकेर...

सिंह सम्मानित

राजविराज । कृषि हाट बजारको स्थापना र विकास तथा सामुदायिक स्वास्थ्य इकाईको स्थापनमा विशेष योगदान पु-याए वापत समाजसेवी एंव राजनीतिककर्मी महामायाप्रसाद सिंह सम्मानित भएका...

तीज, आत्मनिर्भरता र नारी सुन्दरता

कोरोना भाइरस संक्रमण संकटको सामना गरिरहेको बेला नेपाली महिलाको महान् चाड तीज आएको छ । यो बेलामा हामीले अत्यन्तै सतर्कतापूर्वक चाडपर्व, संस्कार, संस्कृति मनाउनुपर्ने...

सडकले जोडियो भारतको सिक्किम

पाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको...

हेलिकप्टरबाट उद्धार गरिएकी सुत्केरीको मृत्यु

खाँदबारी । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएकी खाँदबारी नगरपालिका–६ की गङ्गा कार्कीको मृत्यु भएको छ । उपचारका क्रममा काठमाडौँस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग...

४५ औँ किवानिज एसिया प्यासिफिक सम्मेलन सम्पन्न

  काठमाडौँ । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक क्षेत्रको ४५ औँ सम्मेलन सफलताका साथ सम्पन्न भएको छ । राजधानीमा शनिबार आयोजित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)