Saturday, July 24, 2021
Homeबिचारलकडाउन खुकुलो पार

लकडाउन खुकुलो पार

,

कोरोना भाइरस संक्रमणका कारण हुन सक्ने सम्भावित महामारी र जोखिम न्यूनीकरण गर्न सरकारले लगाएको लकडाउनको अवधि एक महिना पुगिसकेको छ । यो एक महिनाको अवधिमा नागरिक विभिन्न समस्या भोग्न बाध्य भएका छन् । जनजीवन अस्तव्यस्त हुँदै आएको छ । सरकारले लगाएको लकडाउनलाई नागरिकस्तरबाट राम्रोसँग पालना भएको हँुदा कोरोना भाइरस संक्रमणको महामारी फैलिएको छैन । सरकार र नागरिक दुवै पक्ष धन्यवादका पात्र भएका छन् । कोरोना संक्रमणका कारण हालसम्म कसैको पनि मृत्यु भएको छैन भने संक्रमित व्यक्ति धमाधम स्वास्थ्यलाभ गर्दै घर फर्किरहेका छन् । हालसम्म नेपालमा संक्रमण दोस्रो चरणमै सीमित छ । सामुदायिक स्तरमा संक्रमण फैलन पाएको छैन । यी सबै घटनाक्रमले गर्दा हामी सुरक्षित अवस्थामा नै छौं भन्ने पुष्टि हुन्छ । यद्यपि, जोखिम भने उत्तिकै रहेकाले सबैले हरपल सतर्कता र सचेतता भने अपनाउनैपर्छ ।

३० दिनदेखिको लकडाउनका कारण आम नागरिकले निसासिएको अनुभूति गर्न थालेका छन् । कैयौंमा मनोवैज्ञानिक समस्यासमेत देखिन थालेको छ भने विपन्न, श्रमिक मजदुरको चुलोमा आगोसमेत बल्न छाडेको छ । त्यसैले सरकारले जारी राख्दै आइरहेको लकडाउनको स्वरूपमा केही परिवर्तन गर्न जरुरी देखिन्छ । यही १५ वैशाखसम्मका लागि लकडाउन जारी राखिएको भए पनि त्यसपछि भने सरकारले आम नागरिकको हित तथा मुलुकको आर्थिक अवस्थालाई समेत ध्यानमा राखेर लकडाउनलाई केही खुकुलो बनाउनुपर्छ । कोरोना भाइरस संक्रमणको फैलिँदो क्रमसँगै आमनागरिकलाई यसबाट बच्ने उपायबारे जानकारी भइसकेको छ । सामाजिक तथा भौगोलिक दूरी कायम गर्दै मास्क लगाएर हिँड्नेबारे सबै नागरिक जानकार छन् । यसैगरी, सेनिटाइजर प्रयोग गर्ने तथा नियमित रूपमा साबुनपानीले हात धुन सबैलाई जानकारी गराइएको हुँदा कोरोना संक्रमणबाट बच्न अब आम नागरिक आफैं सक्षम भइसकेका छन् । त्यसैले उनीहरूलाई सामान्य जनजीवनमा फर्कन सक्ने अवस्थाको सिर्जना गरिदिनुपर्छ । लकडाउनलाई खुकुलो बनाउँदै छोटो दूरीका सार्वजनिक साधन चल्न दिने र एउटा गाडीमा सामाजिक दूरी कायम गर्दै १० जनासम्म यात्रुहरू राख्ने गरी सञ्चालन गर्न सकिन्छ ।

यसैगरी, केही समयसम्म भेला तथा कार्यक्रम गर्न नदिने र अत्यावश्यक काममा नागरिकहरूलाई सामाजिक दूरी कायम गर्दै सुरक्षा सामग्रीसहित हिँडडुल गर्न दिनुपर्छ । नेपाल र भारतको सीमा क्षेत्रलाई भने केही समयसम्म कडाइ गर्नुपर्छ । त्यसैका लागि अहिले सीमा क्षेत्रमा २२ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ती सुरक्षाकर्मीलाई जिम्मेवार बनाउँदै नाकाबाट एक जना पनि मानिस ओहोरदोहोर गर्न नदिने वातावरण बनाउन सकिएमा नेपाल धेरै हदसम्म सुरक्षित रहनेछ । यतिबेला हाम्रा लागि सबैभन्दा ठूलो चुनौती नै भारतीय सीमा क्षेत्र बन्न पुगेको छ । लकडाउन खुकुलो बनाए पनि अन्तर्राष्ट्रिय विमानस्थल भने अझै केही समय बन्द नै गर्नुपर्छ । यसैगरी, संक्रमित बढी देखिएका उदयपुर, कैलालीलगायत जिल्लालाई पूर्ण रूपमा सिल गर्नुपर्छ भने केही समयसम्म एक जिल्लाबाट अर्को जिल्लामा जान नदिने व्यवस्था गर्न सकिन्छ । सरकारले अब विशेष सचेतता र जागरण अभियान सञ्चालन गर्दै नागरिकको जनजीवनलाई सामान्य बनाउँदै लैजान अन्य रणनीतिक उपाय अपनाउनुपर्छ । लकडाउन थपेर मात्रै समस्याको समाधान हुँदैन । यसका विकल्पको पहिचान गरी लकडाउनलाई सकेसम्म खुकुलो बनाउँदै अघि बढ्दा श्रेयस्कर हुन्छ ।

Loading comments...

आजको समाचार

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

राज लिम्बुको शब्दमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

प्रदेश लोकसेवा आयोगका चुनौतीहरू

सार्वजनिक प्रशासनमा योग्य कर्मचारीको निष्पक्ष छनोटको भूमिका गहन र अहं रहेको हुन्छ । सरकारी निकायमा कर्मचारी भर्ना मनोमानीढंग (स्पोइल सिस्टम, लुटतन्त्र)मा र विधिसम्मत गरी...

३८ व्यापारिक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको...

साताका लोकप्रिय समाचार

ओली लुम्बिनीको सदस्य सचिव नियुक्त

काठमाडौं । तत्कालीन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी खेलकुद परिषद्का सदस्य सचिव नियुक्त भएका छन् । लुम्बनी प्रदेश सरकारको बुधबार बसेको...

सडकमै धान रोपाई गरेर विरोध

  सप्तरी, राजविराज । निर्माणाधीन हुलाकी सडकको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा सडकखण्डमा खाल्डाखुल्डी र हिलोले समस्या परेको भन्दै बिहीबार स्थानीयवासी र सवारीचालकले चक्काजाम र सडकमै धान...

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधी...

प्रशिक्षक श्रेष्ठ टोकियो ओलम्पिक जाने

काठमाडौं । एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण पुष्टि भएपछि उनको स्थानमा अर्काे प्रशिक्षक सन्तोष श्रेष्ठ टोकियो ओलम्पिकमा जाने भएका छन् । नेपाल ओलम्पिक...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

ट्रेन्डिङ

८१ वर्षीया तरुनी

कान्छी आमा ल्याएकोमा बाबुप्रति उनको खासै आपत्ति रहेन । ‘कान्छी आमा ल्याउने काम बुबाको इच्छाभन्दा पनि त्यो बेलाको छोरा चाहिन्छ भन्ने सामाजिक परिवेश दोषी...

बझाङ घटनालाई गम्भीर रुपमा लिएको छु : सभामुख सापकोटा

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई आफूले गम्भीर रुपमा लिएको बताएका छन् । सिंहदरबारस्थित कार्यकक्षमा बझाङ बलात्कार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?