कुवेतमा रेसिडेन्सी उल्लंघन गर्ने ३ सय ८५ पक्राउ

काठमाडौं । कुवेत सरकारले गैरकानुनी रूपमा बसेका आप्रवासी कामदारलाई धरपकड तीव्र पारेसँगै चार दिनमा ३ सय ८५ जनालाई पक्राउ गरेको छ । साथै, रेसिडेन्सी उल्लंघन गर्ने ४ सय ९७ जनालाई देश निकाला गरेको छ ।

४ सय ९७ जनालाई देश निकाल

त्यहाँको गृह मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा सुरक्षा बलले ११ देखि १४ नोभेम्बरसम्म देशभर अपरेसन गरी सो संख्यामा पक्राउ गरी कारबाही गरेको जनाएको हो । मन्त्रालयले गैरकानुनी रूपमा कामदार, श्रमिक ल्याउने व्यक्तिलगायत आवास कानुन उल्लंघन गर्नेहरूविरुद्ध सुरक्षा अभियान जारी राख्ने जनाएको छ ।

यसैगरी, मन्त्रालयले उल्लंघन गर्नेहरू र उनीहरूका रोजगारदाताहरूलाई जवाफदेही बनाउन कारबाही तीव्र पारेको जनाएको छ । मन्त्रालयले सबै प्रवासी र उनीहरूका रोजगारदाताहरूले कुवेतको रेसिडेन्सी र श्रम कानुनको पालना गर्ने सुनिश्चित गर्दै सुरक्षा सुदृढ गर्ने र सार्वजनिक व्यवस्था कायम गर्ने लक्ष्य राखेको जनाएको छ ।

कुवेतले गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र पारेसँगै त्यहाँ लुकिछिपी बसेका सयौं नेपालीसहित अन्य मुलुकका आप्रवासी कामदार पक्राउ परेका छन् । अहिले कुवेतको केन्द्रीय कारागारमा ५७ बढी नेपालीले जेल जीवन बिताइरहेका छन् । अधिकांश लागूऔषध ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका छन् भने बाँकी चोरी डकैती, झै–झगडाको र कानुन उलंघन गरेका कारण जेल परेका छन् ।

जेल सजाय सकिएपछि पुनः कुवेत फर्कन नपाउनेगरी त्यहाँको सरकारले डिपोर्ट गर्दै आएको छ । कुवेतमा विभिन्न पेसामा गरी करिब १ लाख ७ हजारको हाराहारीमा नेपाली कामदार रहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा