दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. १ र ४ मा वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा मनोनयन पत्र दर्ता गराएका १७ मध्ये दुई जनाले बुधबार उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिने दुबै स्वतन्त्र उम्मेदवार थिए । निर्वाचन कार्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनेमा वडा नं. १ बाट सियाकान्त चौधरी र वडा नं. ४ बाट रामकुमार यादव छन् ।

उम्मेदवारी कायम राख्न इच्छुक नभएको भन्दै दुबै जनाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ को उपदफा (१) बमोजिम आवेदन गरी उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी रमेश कुमार जोशीले जानकारी दिए ।

दुई जनाले उम्मेदवारी फिर्ता लिएपछी मंसिर १६ गते हुने उपनिर्वाचनमा अब दुबै वडाका गरि १५ जनाको मात्र उम्मेदवारी कायम भएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसैबीच बुधबार नै वडा नं. १ बाट उम्मेदवारी फिर्ता लिएका सियाकान्त चौधरीले एक प्रेस विज्ञप्तिमार्फत आफू काँग्रेसका उम्मेदवार भुलिया देवी थरुनीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अख्तियारसम्बन्धी बिल अलपत्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको धनौजीमा अध्यक्ष, उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी