रौतहट । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस राणा र राजा फालेर ईतिहास रचेको पार्टी भएको बताएका छन । बिहीबार रौतहटको इशनाथ ७ मा आयोजित चुनाबी सभालाइ सम्बोधन गदै महामन्त्री शर्माले यस्तो बताएका हुन ।
नेपाली कांग्रेस ठूलो इतिहास बोकेको पार्टी भएको बताउँदै महामन्त्री शर्माले कांग्रेसलाई कसैले दबाउन खोजें आफैं समाप्त हुने धारणा राखेका छन । उपनिर्वाचनको प्रचारप्रसारको क्रममा मधेश झरेका कांग्रेस महामन्त्री शर्माले बिहीवार रौतहटको ईशनाथ नगरपालिका –७ मा आयोजित पार्टीको चुनावी घरदैलो कार्यक्रमलाई सम्वोधन गरेका थिए ।
कांग्रेसले राणा र राजा फालेर देशमा इतिहास रचेको पार्टी भएकोले आउँदो मङसिर १६ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई अत्याधिक मत दिएर विजयी बनाउन उनले सबैलाई आग्रह गरे।कांग्रेससंग मधेशको विशेष सम्बन्धन रहेको चर्चा गर्दै महामन्त्री शर्माले मधेशको विकास र समृद्धिको लागि कांग्रेसलाई जिताएर अझै मजबूत एवं शक्तिशाली बनाउनुपर्ने धारणा राखे ।
मधेश र पहाडमा उस्ता उस्तै समस्या रहेको बताउँदै ती समस्याहरूको निकासका लागि कांग्रेसलाई बलियो बनाउनुपर्ने बताए। रौतहटको ईशनाथ नगरपालिका –७ को वडा अध्यक्ष पदका लागि हुन् लागेको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार शेख अब्दुल खलिकलाई मतदान गरी निर्वाचित गराउन महामन्त्री शर्माले सबैलाई आग्रह गरेका थिए।
कार्यक्रममा कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिना, कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा प्रसाद यादव, मधेश प्रदेशका अर्थ मन्त्री सुनिल भन्ने जितेन्द्र प्रसाद यादव, माधव नारायण नगर प्रमुख बैजनाथ प्रसाद यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको रहेको कांग्रेसका मधेश प्रदेश प्रचार प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए । रौतहटमा इशनाथ ७,राजपुर ६ र गढीमाइ ८ मा उपनिर्वाचन हुदैछ । उपनिर्वाचनको लागी रौतहटमा माथिल्लो तहका नेताहरु रौतहट आउन थालेका छन ।