हेटौँडामा बस दुर्घटना , १७ जना घाइते

मकवानपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

वीरगन्ज बाट पोखरा जाँदै गरेको ग२ख १६२१ नम्बरको यात्रु बाहक बस चुरिया माई मन्दिर नजिकै ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा चालक सहित १७ जना घाइते भएका छन् । घाइते मध्ये बारा पर्सेनी गाउँपालिका ३ बस्ने वर्ष ९ की जोनीशा कुँवरको अवस्था गम्भीर रहेको प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए । अन्यको अवस्था मध्यम रहेको छ । सबै घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
६५ प्रतिशत मत खस्यो