राहतमा कुहिएको दाल वितरण गर्ने मेयर धरौटीमा छुटे

बारा । लकडाउनको समयमा विपन्नलाई कुहिएको दाल राहत वितरण गरेको आरोपमा पक्राउ परेका कलैया उपमहानगरका मेयर राजेश राय धरौटीमा छुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराले कालोबजारी गरेको भन्दै मेयर यादवसहित उनका भाइ रवीन्द्र यादव, कोल्डस्टोरका कर्मचारी बच्चु यादव, २७ नम्बर वडाध्यक्ष रेयाजुल हकलाई पक्राउ गरेको थियो ।

मेयर यादव र उद्योगी तेजकरण जैन जनही २ लाख ८१ हजार र वडाध्यक्षहरुले जनही ६० हजार धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय, बारामा भएको थुनछेक बहसले सवै जनालाई धरौटीमा छोड्न आदेश दिएको जिल्ला प्रशासन कार्यलयका शेरबहादुर थापाले जानकारी दिए ।

वडाध्यक्षहरु हरिओम साह, सफिल्लाह अन्सारी, राजन प्रसाद कुर्मी, महेश साह, सर्वुनारायण चौधरी लगायत कुहिएको दाल खरिद गरिएको यादव आईस एण्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र बच्चु यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

वडा नं २० का सचिव खेदु मियाँको संलग्नता नदेखिएपछि उनी विरुद्ध भने माग दावी पेश नै नगरिएको डिएसपी मिश्रले जानकारी दिए ।

कलैया उपमहानगरपालिकाका विभिन्न वडाले २०७३ सालदेखि यादव आइस एण्ड कोल्ड स्टोरमा थन्क्याएर राखिएको कुहिएको दाल राहतमा वितरण गरेका थिए । वडा नं २० बसतपुरमा पनि कुहिएको दाल वितरण गर्न थालेपछि प्रहरीले २५ बोरा दाल नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

नियन्त्रणमा लिएको दाल बसतपुर चौकीमा राखिएको छ भने दाल खरिद गरिएको मेयर यादवको कोल्ड स्टोरमा भएको दाललाई समेत प्रशासनले शिल गरी नमूना परिक्षणका लागि हेटौडा पठाएको थियो । हेटौडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उक्त रहरको दाल खान योग्य नरहेको भन्दै बारा प्रहरीलाई पत्र पठाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुदूरपश्चिममा एकीकृत समाजवादी ७, काँग्रेस, एमाले र माओवादी १/१ जिल्लामा निल