राज्यको उदाशिनता एवं विभेदले सती विहुलाधाम ओझेलमा : प्रभु साह

सर्लाही । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सर्लाही जिल्लाको संग्रामपुर स्थित लोक आस्थाको केन्द्र सती विहुलाधामको पुर्ण उत्खनन, संरक्षण तथा पुनर्निर्माण सहितको पर्यटकीय पुर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ अभियानको क्रममा संग्रामपुर पुगेका अध्यक्ष साहले सती बिहुलाधामको दर्शन एवं स्थलगत अवलोकन गर्दै सो क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्नुपर्ने बताए ।

संग्रामपुर स्थित सती विहुलाको गौरवगाथा बोकेको सो ऐतिहासिक, धार्मिक स्थल देशको एक प्रमुख पर्यटकीय गंतब्य हुनुपर्ने भए पनि राज्यको उदाशिनता एवं विभेदले इतिहासको जिउदो तथ्य पनि आज ओझेलमा परेको आजपा अध्यक्ष साहले जनाएका छन् ।

‘भ्रष्टाचार विरुद्ध मधेश यात्राको क्रममा सर्लाही जिल्लाको संग्रामपुर स्थित लोक आस्थाको केन्द्र सती विहुलाधामको दर्शन एवं स्थलगत अवलोकन गर्ने सु–अवसर प्राप्त भयो’ आजपा अध्यक्ष साहले भने, ‘संग्रामपुर स्थित सती विहुलाको गौरवगाथा बोकेको यो ऐतिहासिक धार्मिक स्थल देशको एक प्रमुख पर्यटकीय गंतब्य हुनुपर्ने भए पनि राज्यको उदाशिनता एवं विभेदले इतिहासको जिउदो तथ्य पनि आज ओझेलमा परेको छ ।’

सरकारले मधेसको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको बताउदै उनले यि र यस्ता क्षेत्रका ओझेलमा परेको बताए । सरकारले प्रयाप्त बजेट बिनियोजन गरी यस्ता क्षेत्रको बिकासका साथै संरक्षण गर्नुपर्ने आवश्यक रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित