जेसिज भलिबल कपको उपाधि जिएसएम विल्डर्सलाई

जेसिज भलिबल कपको विजेता र उपविजेता बनेका टिमका खेलाडीसहित कोच तस्बिर खिच्दै । तस्बिरः सम्झना पाण्डेय ।

डडेल्धुरा । जेसिज भलिबल कपको उपाधी जिएसएम विल्डर्सले जितेको छ । शनिबार भएको अन्तिम खेलमा नेपाली सेनाको अर्जुनबाण गणलाई हराउदै जिएसएम विल्डर्सले उपाधी जितेको हो । उपाधिसंगै जिएसएम विल्डर्सले नगद ५५ हजार ५५५ रुपियाँ हात पार्यो ।

डडेल्धुरा जेसिज वर्ष २०२४ ले खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । डडेल्धुरा बुहुमुखी क्याम्पसको मैदानमा भएको प्रतियोगितामा आठ वटा टिमले सहभागिता जनाएका थिए । वेष्टअफ फाईपमा खेलाईएको अन्तिम प्रतियोगिताको पाँचौ सेटमा जिएसएम विल्डर्सले १५–११ अंकले अर्जुनबाण गणलाई पछि पार्दै उपाधी जितेको हो ।

अन्तिम प्रतियोगितामा नेपाली सेनाको अर्जुनबाण गणले पहिलो र तेस्रो सेटमा जित निकालेको थियो । पहिलो सेटमा अर्जुनबाण गणले जिएसएम विल्डर्सलाई २० मा रोकेको थियो । दोस्रो सेटमा जिएसएम विल्डर्सले अर्जुनबाण गणलाई १५ अंकमै रोकेको थियो । तेस्रो सेटमा फेरी अर्जुनबाण गणले जिएसएमलाई १८ अंकमा रोक्न सफल भएको थियो । चौथो सेटमा पुनः जिएसएमले अर्जुनबाणलाई १७ अंकमा रोकेको थियो । पाचौ सेट अर्थात प्रतियोगिताको अन्तिम सेटमा जिएसएमले अर्जुनबाणलाई ११ अंकमा रोक्दै उपाधी जितेको आयोजक डडेल्धुरा जेसिज वर्ष २०२४ का अध्यक्ष जेसि लक्ष्मि ऐरले जानकारी दिईन ।

उहाँका अनुसार उपविजेता बनेको नेपाली सेनाको अर्जुनबाण गणले नगद २५ हजार ५५५ रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्यो । प्रतियोगितामा मिसन निशान्त कालिज फर्म तृतिय हुदै नगद १५ हजार ५५५ रुपियाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार जितेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी बलदेव धामी बने । उनलाई नगद पाँच हजार रुपियाँले सम्मान गरिएको छ । उनी जिएसएम विल्डर्सका खेलाडी हुन । यसैगरि प्रतियोगितामा उत्कृष्ट स्पाईकर आशिक सुनार, उत्कृष्ट डिफेन्सर सुदिप छन्त्याल बने । उनीहरु अर्जुनबाणका खेलाडी हुन । यस्तै उत्कृष्ट सेटर शागर जैरु र उत्कृष्ट ब्लकर भरत बिक भए । उनीहरु जिएसएम विल्डर्सका खेलाडी हुन ।

डडेल्धुरा जेसिजले जेसिज सप्ताह कार्यक्रम अन्तरगत खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । जेसिज सप्ताह कार्यक्रम अन्तरगत मंसिर १ गते उग्रतारा मेलामा निःशुल्क पिउनेपानी वितरण, २ गते उग्रतारा मन्दिर परिसरमा सरसफाई, ३ गते वेथस्दा बालगृहमा रहेका बालबालिकालाई शैक्षिक सामाग्री वितरण, ४ गते स्लो बाईक रेस र ५ गते देखि भलिबल प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष जेसि एरले बताईन ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरको मेयरमा पुनः लाकिशोर शाह