काठमाडौं । जब स्टेजमा बैशाखी टेकेर कलाकार सिता सुवेदी उक्लिईन् । त्यतिबेला दर्शक दीर्घाबाट तालीको गड्गडाहट गुञ्जियो । जब उनले स्कुले जीवनमै क्यान्सरका कारण एउटा खुट्टा गुमाएको पीडा सुनाईन् । उनले एक खुट्टाले जीवनमा गरेका सँघर्षको कथा सुनाउँदा दर्शकहरु गम्भिर देखिए ।
कथा सुनाएपछि उनले बैशाखी हटाएर नेपाली गीतमा एक खुट्टाले छमछमी नृत्य प्रस्तुत गरिन् । त्यसपछि दर्शकहरुमा खुसीको सिमा रहेन् । पाँच मिनटको नृत्य प्रस्तुतपछि उनी मञ्चबाट बाहिरिँदै गर्दा पनि दर्शकदीर्घाबाट ‘वान्स मोर’को अनुरोध आईरहेको थियो । उनले अर्को यस्तै कार्यक्रममा फेरी अरु थुप्रै नृत्य प्रस्तुत गर्ने बाचा गरिन् । एक खुट्टाले पनि नृत्य गर्न सकिन्छ भन्ने उदाहण प्रस्तुत गर्न आफुले लामो समयदेखि ‘सिँगल लेग डान्सर’को रुपमा प्रस्तुत हुँदै आएको सिताले बताईन् ।
जीवनमा यस्ता धेरै सँघर्षहरुबाट सफलता हाँसिल गरेका महिलाहरुको विविध प्रस्तुत शनिबार दिनभर हेर्न पाईयो । काठमाडौंको नक्साल स्थित नारायण चौरमा शबिारबाट सुरु भएको दुई दिवसीय सातौं ‘उमन अफ द वल्र्ड फेस्टिबल नेपाल’को पहिलो दिन यस्ता प्रस्तुत दर्शकले देख्न पाए । वाओ पर्फमेन्स शिर्षकमा सिताले एक खुट्टाले नृत्य प्रस्तुत गरेर सबैलाई हौसला प्रदान गरेकी हुन् ।
महिलाहरुको यो महोत्समा एकै थलोमा चित्रकला सृजना, सांगीतिक प्रस्तुत, हस्तकला तथा बास्तुकला प्रदर्शन एवम् विक्री वितरण, महिला चलचित्र÷बृत्तचित्र प्रदर्शन, तस्बिरकथा प्रदर्शनीदेखि विविध अन्तरक्रिया चलिरहेको छ ।
यो महोत्सब बिहान ८ः३० बजे योगाको प्रस्तुति एवम् प्रशिक्षणबाट सुरु भएको थियो । महोत्सबमा सहभागी भएकाहरु मँसिरको पारिलो घाम ताप्दै त्यहाँ भएका विभिन्न कार्यक्रमको आनन्द उठाईरहेको थिए ।
यसरी यो महोत्सबलाई काठमाडौं महानगरपालिका, ब्रिटिस काउन्सिल, वाओ फाउन्डेसनलगायतका संस्थाले आयोजना गरेको हो । शनिबार बिहान ८ः३० बजेदेखि सुरु भएको यो महोत्सब साँझ साँढे पाँचबजेसम्म त्यहाँ जारी थियो । यस्तै आईतबार पनि नाटक मञ्चन, चलचित्र प्रदर्शन, विविध प्रस्तुतिसहित यो महोत्सब नारायण चौरमै साँझसम्म जारी रहने छ ।
महोत्सबमा वाओ फाउन्डेसनले विभिन्न महिलाहरुसँग कुरा गरेर उनीहरुको सँघर्षसँगै सफलताको कथामा निर्माण गरेका बृत्तचित्र ‘वाओ बाईट्स, म्युजियम अफ स्टोरिज’ शनिबार मध्यान्नमा प्रदर्शन गरियो । यस्तै ‘वाओ टक्स एन्ड बिग आईडियाज’ शिर्षकमा प्रस्तुत गरिएको उधमी महिलाहरुको सफताको कथा समेटिएको बृत्तचित्र पनि त्यत्तिकै आकर्षक थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सँयोजनमा महोत्सबमा शनिबार प्रत्यक्ष चित्रकला सृजना कार्यक्रम आयोजना गरियो । यो सृजनामा २१ जना महिला चित्रकारहरु सहभागी भए । सो कला प्रदर्शनीको संयोजन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी परिषद सदस्य अरुणा हिङमाङले गरेकी थिईन् । २१ औं शताब्दीका महिला शिर्षकमा २१ जना महिलाहरुले नारीका कथा त्यहाँ क्यानभासमा उतारीरहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब देवेन्द्र थुम्केलीले राजधानीलाई बताए ।
कार्यक्रम स्थलमा अरुणासहित सौरगँगा दर्शनधारी, मिथिला यादव, संगी श्रेष्ठ, निरिमाया लामा, एरिना ताम्राकार, प्रमिला बज्राचार्य, सुनिता राणा, बिपना महजर्न, उषिना महर्जन, ज्योती खड्का, कलादेबी लिम्बु, प्रतीक्षा तिवारी, सम्झना राजण्डारी, रिजु बर्देवा, नम्रता सिंह, रुवी महर्जन, ऐन्जिला जोशी, सविता डंगोल, दिलमाला महर्जन, सुजिता चौधरीले नारीका विषयमा विविध चित्रकला सृजना गरे ।
महोत्सबको उद्घाटन समारोहमा आयोजक संस्था वाओ फाउन्डेसनकी कार्यकारी निर्देशक कोलेट्ट बैलीले नारी ससक्तिकरणको लागि यो महोत्सब आयोजना गर्दै आएको बताईन् । समारोहमा नेपाली महिला क्रिकेट टिमकी क्याप्टेन इन्दू बर्माले यसपटक नेपाली महिला क्रिकेट टिमले वल्र्ड कप छनौटको लागि प्राप्त गरेको सफलताको कथा सुनाउँदा सबैले तालीले साथ दिए । यस्तै बृटिस काउन्सिलकी दक्षिण एशिया निर्देशक जिल रिचेन्सले अन्तराष्ट्रिय महिला महोत्सबमा हरेक वर्ष सफल नारीहरुको सृजनाबाट अन्य नारीहरुलाई हौसला र प्रेरणा प्रदान गर्दै आएको जानकारी गराईन् ।
काठमाडौं महानगरपालिकाकी उपमेयर सुनित डँगोलको राजधानीसँग कुरागर्दै कार्यक्रमको ’bout भनिन्,‘नारीहरु पीडित मात्रहैन, उनीहरु सफल पनि छन भन्ने उदाहरण स्वरुप यो महोत्सब आयोजना गरिँदै आएको छ । विभिन्न समस्याबाट माथि उठेर प्रगति गरेका महिलाहरुको सृजना, जीवनशैलीका सफलताका कथादेखि उनीहरुको प्रगतिलाई यो महोत्सबमा प्रस्तुत गरिएको छ ।’
यस्तै महोत्सबमा कथा घेराका कलाकाहरुले प्रस्तुति गरेको ‘बट स्टिल वी राईज’ नाट्य प्रस्तुति पनि त्यत्तिकै ससक्त थिए । शनिबार साँझ भएको साँगीतिक प्रस्तुति अन्तर्गत ब्लाईन्ड रक्सको सांगीतिक प्रस्तुत पनि त्यत्तिकै आकर्षक थियो । केजिसी छोरी र रचना दाहालको साँगीतिक प्रस्तुतिमा पनि महोत्सबमा दर्शकहरु झुमेका थिए ।
यो महोत्सबलाई पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गरिरहेकी छिन् । सुन्न र बोल्न नसक्ने दर्शकहरुलाई लागि साँकेतिक भाषाका प्रस्तोताहरुको पनि मञ्चमा व्यबस्था गरिएकाले महोत्सबमा बोल्न र सुन्न नसक्ने दर्शकहरु पनि सहभागी भएका थिए ।
महोत्सबमा प्रदर्शनी तर्फ आदिबासी महिलाहरु, एचआईभी संक्रमित महिलाहरु, काठमाडौं महानगरपालिकाका सबै वडाका महिलाहरु, आगलागीमा परेर र बाँच्न सफल महिलाहरु, विभिन्न घरेलु हिंसापीडित महिलाहरु तथा अन्य महिलाहरुले आ आफ्ना स्टलमा आफ्ना हस्तकला, वास्तुकला तथा अन्य कला सृजना बिक्री बितरण गरेका थिए । महिलाहरुले नै नेवारी तथा अन्य खाना पनि त्यहाँ तयारी तथा बिक्री वितरण गरिरहेका थिए । यसरी महिला महोत्सब एकतामा विविधता देखिएको थियो ।