गायक रोशनको भट्टीकी रानी अलिसा

काठमाडौं । गायक तथा मोडल रोशन अधिकारीले आफ्नो स्वरमा नयाँ गीत भट्टीकी रानी…को भिडियो सार्वजनिक गरेका छन् । काठमाडौंमा एक समारोहबीच उनले यो गीतको भिडियो प्रिमियर गरेका हुन् ।

अमेरिकामा बस्दै आएका यी गायकले बिगत पाँच वर्षदेखि हरेक वर्ष नेपाल आएर आफ्नो स्वरमा नयाँ गीत रेकर्ड सहित भिडियो सार्वजनिक गर्दै आएका छन् । यसै क्रममा यसपटक नयाँ गीत भट्टीकी रानी…को भिडियो दर्शकमाझ ल्याएको उनले विमोचन समारोहमा बताए ।

‘अमेरिका गएपछि नेपालीहरु उतै हराउँछन भन्ने मान्यता छ । तर त्यो मान्यतालाई चिरेर म वर्षेनी नेपाल आउँदै गीत संगीत र मोडलिङमा निरन्तता दिईरहेको छु’ गायक रोशनले भने ।

रोशनले गाएको यो गीतमा विष्णु भट्टको रचना र विपिन सलामीको संगीत छ । गीत नृत्यप्रधान बनेको छ । गीतको भिडियोमा पनि रोशनले अभिनेत्री अलिसा शर्मासँग अभिनय गरेका छन् । गीतमा रोशनको भट्टीकी रानीको रुपमा अलिसा प्रस्तुत भएकी छिन् । भिडियोमा यी दुईको नृत्य आकर्षक छ । भट्टीमा मधपान गरेपछि सुन्दरीहरु सम्झने र सुन्दरीसँग नाच्ने पुरुष मनोविज्ञापनमा यो गीत र भिडियो तयार गरेको गायक रोशनले कार्यक्रममा बताए ।

यस्तै अभिनेत्री अलिसाले गायक रोशनको नृत्य पनि त्यत्तिकै राम्रो भएको र उनीसँग केही स्टेपमा आफुलाई नृत्यमा हम्मे हम्मे परेको अनुभव सो क्रममा सुनाईन् । यो गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ । जसलाई सिलन लम्सालले सम्पादन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा कांग्रेसले खोल्यो खाता