एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एक लाख जरिवाना तोकेको पत्र प्राप्त नभएको नेकपा एमालेले जनाएको छ । त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ । यही मंसिर ७ गते काठमाडौँको दरबारमार्गमा सभा गर्दा फोहोर गरेको भन्दै महानगरपालिकाले एमालेलाई एक लाख जरिवाना तोकेको पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

एमाले केन्द्रीय कार्यालयले पनि काठमाडौँ महानगरपालिकाबाट जरिवानाको पत्र प्राप्त नभएको बताएको छ । सभा सकिए लगत्तै आफैँ सफा गरेकाले महानगरपालिकाले सामाजिक सञ्जालमा जरिवानाको पत्र सार्वजनिक गर्नुमा गलत नियत देखिएको एकालेको भनाई छ ।

मेयर बालेनले स्टन्टका लागि जरिवानाको पत्र नगर प्रहरी निरीक्षकलाई लेख्न लगाएको एकालेले टिप्पणी गरेको छ । एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन एमालेविरुद्ध परिचालित भएको भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

बब्लु गुप्ताले मन्त्री बन्न भिक्टर पौडेललाई २ करोड बुझाएको दुर्गा प्रसाईंको भनाइ