सुरु भयो चलचित्र विकाश बोर्डमा स्कृप्ट लाईब्रेरी

काठमाडौं । निर्देशन दिपेन्द्र लामासँग उनले निर्देशन गरेका सफल चलचित्रको स्कृप्ट चलचित्रका विधार्थीहरुले बेला बेलामा माग्दै आएका थिए । तर जो कोहीलाई चलचित्रको स्कृप्ट दिन उनलाई गाह्रो भईरहेको थियो । यसरी व्यक्तिलाई स्कृप्ट दिनुभन्दा आधिकारिक रुपमा चलचित्र कलेज तथा चलचित्र विकाश बोर्डमार्फत उपलब्ध गराउनु पाए हुन्थ्यो भन्ने उनको चाहना थियो ।

निर्देशक दीपेन्द्र लामामात्र हैन् । धेरै निर्देशकहरुले आफ्ना चलचित्रको स्कृप्ट घरमा राख्दै आएका छन् । आफ्नो चलचित्रको स्कृप्ट उनीहरु पनि आधिकारिक रुपमा सँग्रहित गर्ने पक्षमा थिए । यी कुरालाई मध्यनजर राख्दै चलचित्र विकाश बोर्डले स्कृप्ट लाईब्रेरी अभियान सुरु गरेको छ । बोर्डले गत महिनाबाट नेपाली चलचित्रको स्कृप्ट सँकलन तथा लाईब्रेरी निर्माण सुरु गरेको हो । बोर्डले गत वुधबार एक समारोहबीच संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट हातबाट केही चलचित्रको स्कृप्ट ग्रहण गर्दै यो अभियानलाई अघि बढाएको छ ।

यसलाई बोर्डले नेपाली चलचित्रको पटकथा तथा स्कृप्ट संग्रहालयको परियोजनाको रुपमा व्याख्या गरेको छ । बोर्डले गत महिना नै एक सुचना सार्वजनिक गर्दै नेपाली चलचित्रका निर्माता निर्देशकहरुलाई प्रदर्शन भईसकेका आफ्ना चलचित्रको स्कृप्ट बोर्डमा प्रदान गर्नको लागि अपिल गरेको थियो ।

बोर्डको सो सूचनाका आधारमा गत महिना बोर्डलाई ७ वटा चलचित्रको स्कृप्ट पनि प्राप्त भयो । ति ७ वटा नेपाली चलचित्रको स्कृप्ट सञ्चारमन्त्री गुरुङ मार्फत सम्बन्धित चलचित्रकर्मीहरुले बोर्डलाई बुझाएका छन् । मन्त्री गुरुङमार्फत चलचित्र विकाश बोर्डका अध्यक्ष दिनेश डिसीले नेपाली चलचित्रको स्कृप्ट ग्रहण गर्दै स्कृप्ट लाईब्रेरी अभियानलाई अघि बढाएका छन् ।

गत वुधबार नेपाली चलचित्र बोक्सीको घरकी निर्मात्री केकी अधिकारी, चलचित्र अन्तराल निर्देशक दीपा बस्नेत, चलचित्र नाङ्गो गाउँका निर्देशक दीपेन्द्र लामा, चलचित्र दुई नम्बरीका निर्माता किरण नेपाली, चलचित्र चिसो मान्छेका निर्देशक दीपेन्द्र के खनाल, चलचित्र कबड्डी ४का निर्देशक रामबाबु गुरुङ र चलचित्र छक्कापञ्जा ५की निर्देशक दीपाश्री निरौलाले यी चलचित्रका स्कृप्ट मन्त्री गुरुङमार्फत बोर्डलाई बुझाएका हुन् । चलचित्रकर्मीले आफुलाई प्रदान गरेका यी चलचित्रका स्कृप्टलाई सञ्चारमन्त्री गुरुङले स्कृप्ट लाईब्रेरीको लागि बोर्ड अध्यक्ष दिनेश डिसीलाई हस्तान्तरण गरेका हुन् ।

आफुहरुको चलचित्रको स्कृप्ट बोर्डलाई हस्तान्तरण गर्न पाउँदा निर्देशक दीपाश्रीले खुसी व्यक्त गरेकी छिन् । उनले छक्का पञ्जाका अघिल्ला सृँखलाका स्कृप्टहरु पनि बोर्डलाई प्रदान गर्ने बताएकी छिन्,‘बोर्डले यसरी चलचित्रको स्कृप्ट सँकलन गरेर लाईब्रेरी बनाउनु प्रसँसनीय कार्य हो । यसले हाम्रो सृजना पनि लाईब्रेरीमा सुरक्षित रहने छ र यसबाट नयाँ पुस्तालाई स्कृप्ट लेखनकला सिक्ने मद्धत पनि पुग्ने विश्वास मैले लिएको छु ।’ निर्देशक दीपाश्रीले भनिन् ।

यसरी आधिकारिक रुपमा नेपाली चलचित्र स्कृप्ट मागेपछि यो दुई सातामा डेढ दर्जन भन्दाबढी चलचित्रको स्कृप्ट बोर्डलाई प्राप्त भएको छ । बोर्डबाट स्कृप्ट सँकलनमा सक्रिय रुपमा लागेका जनक खड्काका अनुसार केही चलचित्रकर्मीले बोर्डमै आएर आफ्नो चलचित्रको स्कृप्ट बुझाएका छन् । केहीले इमेलमार्फत आफ्नो चलचित्रको स्कृप्ट चलचित्र विकाश बोर्डमा पठाएको पनि उनले बताए । इमेल मार्फत प्राप्त भएका स्कृप्टलाई बोर्डले प्रकाशन गरेर पुस्तकको रुपमा सँग्रहालयमा राख्ने पनि खड्काले जानकारी गराएका छन् ।

नेपालमा चलचित्र अध्ययन सम्बन्धि आधादर्जन चलचित्र तथा इन्टिच्युट अहिले क्रियाशिल छन् । उनीहरुले स्कृप्टप्रति चासो देखाएको बोर्ड अध्यक्ष दिनेश डिसीको कथन छ,‘चलचित्रको अध्ययन गरिरहनु भएकाहरुले नेपाली चलचित्रको स्कृप्ट अध्ययनको लागि चासो देखाएपछि हामीले स्कृप्टको लाईब्रेरी सुरु गरेका हौं । अब बोर्डमा आएर यहाँको लाईब्रेरीमा सँकलन भएका स्कृप्टहरु जो कोहीले पनि अध्ययन गर्न पाउनु हुनेछ ।’ अध्यक्ष डिसीले राजधानीसँग भने,‘स्कृप्ट लाईब्रेरीको सबैभन्दा बढी फाईदा चलचित्रको स्कृप्ट’bout अध्ययन गरिरहनु भएका विधार्थीहरुलाई पुग्ने छ । किनकी कुन चलचित्रको स्कृप्ट कस्तो थियो भन्ने’bout उहाँहरुले ती स्कृप्ट पढेर जानकारी लिन पाउनु हुनेछ ।’

विधार्थीसँगै नेपाली चलचित्रको स्कृप्टमाथि अध्ययन गर्नेहरु जो कोहीलाई पनि सहज होस भनेर यो लाईब्रेरी सुरु गरेको पनि अध्यक्ष डिसीले बताएका छन्,‘हामीले सबैलाई आफ्नो स्कृप्ट उपलब्ध गराईदिन अनुरोध गरेका छौं । पहिलो नेपाली चलचित्र आमादेखि हालसम्म रिलिज भएका सबै नेपाली चलचित्रको स्कृप्टलाई पटकथा लाईब्रेरीमा सँग्रह गर्ने लक्ष्य हाम्रो रहेको छ ।’ उनले बताए । चलचित्र प्रेमीहरुले आफुलाई मन परेको चलचित्रको स्कृप्ट कस्तो रहेछ भनेर आगामी दिनमा यो लाईब्रेरीमा आएर अध्ययन गर्न पनि पाउने उनले बताएका छन् ।

चलचित्र विकाश बोर्डले विगतमा स्टोरी बैंक अनुसार चलचित्रको कथा लेखन प्रतियोगिता गरेर बोर्डमा प्राप्त भएका कथालाई बोर्डमा सँकलन गर्दै आएको थियो । जसमा उत्कृष्ट कथालाई नगद पुरस्कार समेत प्रदान गर्दै आएको थियो । अब यो परियोजनाले बोर्डमा नेपाली चलचित्रका पटकथासहितको स्कृप्ट पनि सँकलन हुनेक्रम जारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दम्भले एमालेलाई घाटा