हायस गाडीको ठक्करबाट सुन्दरहरैचाका साइकल यात्रीको मृत्यु

बिराटनगर । मोरङको सुन्दरहरैचा नगरपालिका-५ दुलारी स्थित पुर्व पश्चिम लोकमार्गमा हायस गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

आइतबार दिउसो इटहरीबाट गछियातर्फ जादै गरेको बा. प्र ०८-००१ च ०४७ नम्बरको हायस गाडीले दक्षिणबाट उत्तर तर्फ साईकलमा बाटो काट्दै गरेका सुन्दरहरैचा-४ का ४४ बर्षीय चन्द्र कुमार राईलाई ठक्कर दिई गम्भिर घाईते भएकोमा बि.पि. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

हायस र हायस चालक झापा भद्रपुर नगरपालिका-८ का २६ बर्षिय बिशाल दासलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रदेश सरकारमा सहभागी गराए मात्र कांग्रेस गठबन्धनमा सहभागी हुने