एकपर्ष पुग्नै लाग्दा धितोपत्र बोर्डले बल्ल नेतृत्व पायो

काठमाडौं । धेरै लामो प्रतिक्षापछि बल्ल पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त भएका छन । झन्डै एकवर्षदेखि रित्त रहेको धितोपत्र बोर्ड अध्यक्षमा बल्ल सरकारले श्रेष्ठलाई नियुक्ति गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

यसअघि भएका धेरै पटकको छनोट प्रक्रिया र चौतर्फी आवाज उठेपछि सरकारले छनोट प्रक्रियाकालागि अन्तिम सर्टलिस्टमा नाम सिफारिस भएका उम्मेदवारहरु मध्येबाट बोर्ड अध्यक्षमा श्रेष्ठलाई नियुक्त गरेको हो ।

गत २० पुसमा रमेशकुमार हमालको कार्यकाल सकिएसँगै नियामक निकाय धितोपत्र बोर्ड अध्यक्ष बिहिन थियो । आइतबार अर्थमन्त्रालयमा सम्पन्न कार्ययोजना प्रस्तुतीपछि अन्तिम प्रतिस्पर्धा रहेका बोर्डका कार्यकारी निर्देशक द्दोय मुक्ति श्रेष्ठ, डा.नवराज अधिकारीलाई पछाडी पार्दै नवनियुक्त श्रेष्ठ नयाँ बोर्ड अध्यक्ष हुन सफल भएका हुन् ।

नवनियुक्त बोर्ड श्रेष्ठ २०३३ सालमा स्याङ्गजाको भिरकोटमा जन्मिएका हुन् । काठमाडौं विश्वविध्यालयबाट फाइनान्समा एमबीए गरेका श्रेष्ठसँग लामो समय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।

नेपालको पूँजीबजारको नियामक निकायका रुपमा रहेको धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नकालागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले अन्तिम प्रतिस्पर्धामा रहेका तीन जना उम्मेदवारको नाम अर्थ मन्त्रालयमा सिफारिस गरि पठाएको थियो ।

सो प्रतिस्पर्धामा बोर्डका कार्यकारी निर्देशक अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम समावेश थियो ।

अर्थ मन्त्रालयद्वारा गठित छनौट तथा सिफारिस समितिले बोर्ड अध्यक्षकालागि सर्टलिस्टमा परेका ५ जनामध्ये ४ जनाको कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सकेर ३ जनाको नाम सिफारिस गरि मन्त्रिपरिसद्मा पठाएको थियो । सो समितिले अध्यक्षमा बोर्डकै कार्यकारी निर्देशकद्वय अधिकारी र मुक्तिनाथ श्रेष्ठ तथा नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाम सिफारिस गरेको थियो । अन्तिम प्रतिस्पर्धामा रहेका ३ जना उम्मेदवारमध्ये सन्तोष नारायण श्रेष्ठलाई सरकारले बोर्डको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

नवनियुक्त बोर्ड अध्यक्ष श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणका पूर्वसञ्चालक हुन् । उनी तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा थिए । उनी यसअघि स्वाभिमान लघुवित्तको अध्यक्षसमेत भएका थिए ।

सोही अन्तर्वार्तामा सहभागी भएका नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सीईओ कृष्णबहादुर कार्की भने सिफारिसमा पर्न सकेनन् । तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ अन्तर्वार्तामा नै सहभागी भएका थिएनन् ।

यसअघि अन्तर्वार्तामा सहभागी नभएका ३ जना उम्मेदवारलाई गत १८ असोजमा अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, समितिका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारी बिरामी परेर उपस्थित हुन नसकेपछि सो अन्तर्वार्ता रोकिएको थियो ।

त्यसअघि तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठित सिफारिस मितिले गत २५ चैतमा १९ जना उम्मदेवारमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको थियो । जसमा अधिकारी, कार्की र चापागाइँसहित सहभागी थिए ।

त्यसपछि समितिले गत २ असारमा ती ५ उम्मेदवारलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाएको थियो । तर, श्रेष्ठद्वयले मात्रै अन्तर्वार्ता दिएका थिए भने बाँकी ३ जना अधिकारी, कार्की र चापागाइँ सो बेला उपस्थित भएनन्। उपस्थित नभएका अधिकारी, कार्की र चापागाइँलाई समितिले फेरि गत ५ असारमा अर्को अन्तर्वार्ताका लागि बोलाएको थियो । सो समय पनि उनीहरु गएका थिएनन् ।

त्यसपछि सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गरेको थियो। समितिले यो निर्णयविरुद्ध अन्तर्वार्तामा सहभागी तथा अहिले बोर्ड अध्यक्ष नियुक्त भएका सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । हाल यो मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ ।

त्यसपछि पनि अर्थ मन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रियामा देखिएको जटिलताका विषयमा महान्यायाधिवक्ताको कार्यालयमा दुईपटक रायसमेत मागेको थियो । दुवैपटक महान्यायाधिवक्ताको पुरानै प्रक्रिया अगाडि बढाउन राय दिएको थियो।

गत २० पुसमा हमाल बोर्ड अध्यक्षबाट बाहिरिएपछि खुला प्रतिस्पर्धाबाट धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त प्रीक्रया अघि बढाईएको थियो । त्यसबेला देखि अहिलेसम्म धितोपत्र बोर्डको नेतृत्व अर्थ मन्त्रालयका सह सचिवहरुले सम्हाल्दै आएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीको गोदावरी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी