आत्मानन्द गोल्ड कप : भाङबारी अन्तिम चारमा

इलाम । १७ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ‘आत्मानन्द कप’ फुटबल प्रतियोगितामा दमक भाङबारी स्पोर्टिङ युथ क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ । माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द रंगशालामा आज सोमबार भएको खेलमा आयोजक युथ अफ माङसेबुङ इलामलाई ४–१ को जित निकाल्दै भाङबारीले अन्तिमा चार पक्का गरेको हो ।

राष्ट्रिय खेलाडी र ए डिभिजन क्लवका खेलाडीहरुको सहित मैदानमा उत्रिएको भाङबारीको जितमा पेमा तामाङ, देवेन्द्र तामाङ, रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले गोल गरे । आयोजकका लागि भने एक मात्र गोल आसाङ योङहाङले फर्काए ।

खेलको पहिलो हाफको १२ औं मिनेटमा पेमा तामाङको गोलमा दमकले अग्रता बनायो । खेलको दोस्रो हाफको ४५ औं मिनेटमा आयोजकका आसाङ योङहाङले गोल गर्दै खेल बराबरीमा फर्काए । मध्यान्तर पछि दमकका देवेन्द्र तामाङले गोल गर्दै अग्रता २–१ को बनायो । खेलको इन्जुरी समयमा रोहन भुजेल र गिल्सन कन्दङवा लिम्बूले लगातार गोल गर्दै टिमलाई ४–१ को अन्तरबनाउँदै जित पक्का बनाए ।

खेलको मेन अफ दी म्याच दमक झापाका राष्ट्रिय खेलाडी समेत रहेका देवेन्द्र तामाङ घोषित भए । उनले ट्रफी र नगद ५ हजार ७१ रुपैयाँ हात पारे ।

मंगलबार दुधे यूथ क्लब झापा र चुलाचुली स्र्पोटिङ क्लब झापाविच हुने आयोजकले जनाएको छ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७१ औँ जन्मोत्सवको अवसरमा आयोजना भएको प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ३ लाख ११ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ट्रफीसहित नगद २ लाख ५ हजार १ सय ७१, मेडल र प्रमाणपत्र पाउने छन् ।

तपाइको प्रतिक्रिया
(Visited 43 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन पठनपाठन बन्द !