जिल्ला अस्पतालमा १४०० सय बढी बालबालिकाको निःशुल्क सेवा लिए

संखुवासभा । संखुवासभाको जिल्ला अस्पतालमा १० वर्ष मुनिका एक हजार चार सय बढी बालबालिकाका निशुलक सेवा लिएका छन् । गत बर्ष देखि कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुवात गरेको थियो ।

जिल्ला अस्पताल संखुवासभामा १० वर्ष मुनिका एक हजार चार सय २६ जना बालबालिकाको निःशुल्क उपचार लिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । जिल्ला अस्पताल सङ्खुवासभामा एक बर्षको अवधीमा एक हजार चार सय २६ बालबालिकाले निःशुल्क सेवा लिएको सूचना अधिकारी खत्रीले बताए ।

निःशुल्क आकस्मिक सेवा लिनुपर्ने बिरामी बालबालिकाको स्थायी बसोबास भएको खुल्ने सरकारी कागजात हुनुपर्ने छ । कोशी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारको योजना ल्याएको थियो ।

बालबालिकाको निःशुल्क उपचार सुविधा ५० बेडका अस्पतालहरुमा मात्र यो सेवा उपलब्ध रहेको थियो । जिल्ला अस्पतालमा हार्डजोर्नी विशेषज्ञ सेवा,बालरोग,सामान्य शल्यक्रिया,फिजियोथेरापि लगायतका सेवा संचालनमा छ । ५० बेड क्षमताको संखुवासभा अस्पताल समयमा भवन निर्माण सम्पन्न नहुदाँ २०३३ सालमा स्थापना भएको ३७ बेड क्षमताको पुरानो भवनमा सञ्चालन हुँदै आएको छ । जिल्ला अस्पतालमा संखुवासभाका १० वटा स्थानीय तहको मात्रै नभएर छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल आउने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 32 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले भने, गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्