सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार

काठमाडौं । साहित्यकार रामबाबु सुवेदीलाई ‘लेखनाथ काव्य पुरस्कार’ प्रदान गरिने भएको छ । त्रिमूर्ति निकेतनले यो पुरस्कार दिने निर्णय गरेको हो । बिगत ६ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिमा समर्पित रहेको भन्दै शास्त्रीय छन्दकविताको रचना एवम् छन्दकाव्यमा योगदान दिएको भन्दै यो पुरस्कार दिन लागेको निकेतनले जनाएको छ ।

निकेतनको आईतबार बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको त्रिमूर्ति निकेतनकी संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले बताएकी छिन् । उनका अनुसार सुवेदीसहित तीन जनालाई त्रिमूर्ति पुरस्कार प्रदान गरिने भएको छ ।

यस्तै सो निकेतनले बालकृष्ण सम पुरस्कार प्रा.डा.सावित्री कक्षपतीलाई प्रदान गरिने निर्णय गरेको छ । नाट्यसम्राट् बालकृष्ण समको व्यक्तित्व र कृतित्वमाथि महत्वपूर्ण दस्तावेज प्रस्तुत गर्नुका साथै अतिरिक्त नेपाली भाषासाहित्यको सेवामा योगदान दिएको भन्दै कक्षपतीलाई सो पुरस्कार प्रदान गर्न लागिएको पनि अध्यक्ष प्रसाईले बताएकी छिन् ।

त्यसैगरी सो निकेतनको ‘देवकोटा काव्य पुरस्कार’ यस वर्ष प्रा.डा.बेञ्जु शर्मालाई प्रदान गरिने निर्णय भएको छ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि ६ दशक अघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रहँदै नेपाली कविताको संवर्धनमा योगदान दिएकोले उनलाई यो पुरस्कार प्रदान गर्न लागिएको पनि प्रसाईले बताएकी छिन् । यी तिनै जनालाई ताम्रपत्रसहित जनही एक लाख रूपैयाँ प्रदान गरिने पनि निकेतनले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवारी दर्ता आज र भोलि