प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियाे

काठमाडौंं । बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगिएको छ । साइबर कसूरमा पक्राउ परेका प्रसाईंलाई मंगलबार बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम अदालतमा उपस्थित गराइएको थियो ।

किर्ते, विद्युतीय कारोबार र सम्पत्ति शुद्धीकरणसहितका अभियोगमा अनुसन्धानका लागि केही दिन अघि पक्राउ परेका प्रसाईलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।

प्रसाईं पक्राउ गरे पछि उनका छोरा नीराजन प्रसाईंले गत मङ्सिर ८ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । निवेदनमा प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै तत्काल रिहा गर्नु भनी अन्तरिम आदेशको माग गरेका थिए । सो निवेदनका आधारमा उनलाइ सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।  

न्यायाधीश मनोज शर्माको एकल इजलासले बन्दीसहित उपस्थित गराउन आइतबार आदेश दिएको थियो । 

तपाइको प्रतिक्रिया
(Visited 143 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२९ पुस २०८१

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज