सुनसरीबाट नक्कली नोटसहित २ जना पक्राउ

बिराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ स्थित लौकही बजारबाट नक्कली नोट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीका प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाका अनुसार पक्राउ पर्नेहरुमा भारत बिहारका ३१ बर्षीय रामनाथ राय र सुन्दरहरैचा मोरङका २० बर्षीय सन्देश उराव रहेका छन ।

पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले नेपाली रुपैयाको नक्कली नोट १ हजार दरको ४ थान बरामद गरेको छ । लौकही बजारमा रहेको मनिष किराना पसलमा उनीहरुले सामान किनमेल गरी १ हजारको नोट दिएकोमा उक्त नोट नक्कली रहेको संका लागी पसल धनीले तत्काल प्रहरीलाई खवर गर्नसाथ इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको एसपी तिम्सिनाले जानकारी दिए ।

प्रहरीले पक्राउ परेकाहरुका साथबाट २ थान र सामान किनेको दुईओटा पसलबाट १/१ थान एक हजार दरको नेपाली रुपैयाको नक्कली नोट बरामद गरेको थियो । नक्कली नोट सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक