स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुरुप आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको होर

‘मौन अवधिमा कुनै उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने छैन। निर्वाचनलाई स्वच्छ र निस्पक्ष बनाउनलाई आयोगले मतदानको ४८ भण्टाअघि निषेधित तथा मौन अवधि लागू गर्ने गर्दछ। यस अवधिको पालना भएनभएको ’boutमा आयोगले सूक्ष्म अनुगमन गर्ने छ,’ निर्वाचन आयोगले भनेको छ।

आगामी आइतबार ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ। दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो। मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र कायम गरिएका छन्।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब