दोस्रो इलाम गोल्ड कपमा आठ टिम

इलाम । इलाम सदरमुकाम स्थित ठुलो टुँडिखेलमा हुने ‘दोस्रो इलाम गोल्ड कप’मा आठ टिम सहभागी हुने भएका छन । मंसिर २२ देखि २९ सम्म सञ्चालन हुने दोस्रो संस्करणको इलाम गोल्डकपमा ए–डिभिजनका पाँचसहित आठ टिम सहभागी हुने भएका छन् ।

गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्युुरोड टिम, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्स सहभागी हुने आयोजकले जानाएको छ । मंसिर २९ मा हुने फाइनल विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुनेछन् ।

८० लाख रुपैयाँ आय–व्यय अनुमान गरिएको प्रतियोगिताका लागि अहिले धमाधम बाँसको प्याराफिट बनाइँदैछ । प्रतियोगिताभर करिब ६० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजक समितिका निरोज खड्गीले जानकारी दिए । उनका अनुसार दर्शकको प्रवेश शुल्क र विभिन्न दाताबाट प्रतियोगिताको खर्च संकलन गर्ने उद्देश्य छ । प्रतियोगिताको मुख्य प्रायोजन गैरआवासीय नेपालीको संस्था (एनआरएन)ले गरेको छ ।

आयोजक अध्यक्ष साङ्गो योल्मोले प्रतियोगिताका लागि तयारी धमाधम भइरहेको बताए । ‘मैदानमा प्याराफिट बनाउँने काम अन्तिम चरणमा रहेको र मैदान बारबेरको काम भईरहेको बताए । आर्थिक सहयोग संकलन पनि भइरहेको छ,’ अध्यक्ष योल्मोले भने, ‘गतवर्षको प्रतियोगिता भव्य भएकाले हामी उत्साही छौं यो वर्ष पनि त्यसरिनै साथ र सहयोग हुने विश्वास रहेको उनको भनाई छ ।’

सदरमुकामको खेलमैदानमा पक्की प्यारापेट नभएपछि बाँसको अस्थायी प्याराफिटकरिब सात–आठ हजार दर्शक अटाउने क्षमताको रहेको सचिव प्रकाश घिमिरेले जानकारी दिए । टुँडिखेलको तीन क्षेत्रतर्फ अस्थायी प्याराफिट निर्माणको काम भएको उनको भनाई छ । पक्की प्याराफिटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ ।

तपाइको प्रतिक्रिया
(Visited 45 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संखुवासभामा एमाले भन्दा गठबन्धन अगाडी