नेपाल यात्रामा कुमा सागर एण्ड द ख्वप

काठमाडौं । तीन सांगीतिक व्याण्ड कुमा सागर एण्ड द ख्वप, एक्सिस र झिल्के एण्ड द कम्पनी अहिले सांगीतिक अभ्यासमा व्यस्त छन् । यी ब्यान्डले एक महिनापछिबाट नेपाल यात्रा गर्दैछन् ।

‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’ नाम दिइएको सांगीतिक यात्राको तयारीमा आफुहरु रहेको यी व्यान्डका कलाकारहरुले बिहिबार सञ्चारकर्मीलाई बताएका छन् । यो सांगीतिक यात्रा झापाबाट सुरु हुने यसको प्रमुख आयोजक तथा व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले पत्रकार भेटघाटका क्रममा जानकारी गराएको छ ।

झिल्के एण्ड द कम्पनी प्रमुख गायक स्टिभ देवानका अनुसार ‘नेपाल टुर आगामी २१ डिसेम्बरबाट सुरु भई ७ फेब्रुअरी २०२५ मा समापन हुनेछ । यो साँगीतिक यात्रा हामीले झापा, रुपन्देही, काठमाडौं, भक्तपुर, पोखरा, चितवन र सुनसरीमा आयोजना गर्दैछौं ।’ देवानले भने ।

यो कन्सर्टमा प्रत्येक जिल्लामा कार्यक्रममा ५ हजार बढी दर्शकको उपस्थिति हुने आशा आफुहरुले राखेको पनि देवाउनले बताए, ‘कार्यक्रमस्थलमा प्रिन्ट, डिजिटल, क्रस प्रोमोसनलदेखि कलेज क्याम्पेनका कार्यक्रम पनि हुनेछन्’, उनले भने, ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपालमा १८ देखि ४५ वर्ष उमेर समूहका दर्शकले लाइभ म्युजिकको स्वाद लिन पाउनेछन् ।’

व्याण्डहरुले पुषमा पहिलो चरणमा सांगीतिक प्रस्तुति झापा, रुपन्देही र काठमाडौंमा तथा दोस्रो चरणमा आगामी माघमा भक्तपुर, पोखरा, चितवन र सुनसरीमा सांगीतिक प्रस्तुति दिनेछन् । कार्यक्रमको नारा ‘लेट्स गेट लाउड नेपाल’ राखिएको पनि देवानले बताए । उनका अनुसार झापामा कार्यक्रम गर्दा भने कार्यक्रमको नाम ‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाइड झापा’ राखिएको छ । यसरी नै ठाउँ अनुसार नाम फेरिने पनि देवानले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आर्थिक महानगरमा हरायो अर्थको कुरा, चौतर्फी राजनीति रापताप