रुसद्वारा पाँच सयभन्दा बढी सैनिकको शव फिर्ता

किएभ । किएभले शुक्रबार रुसी अधिकारीहरूले लडाइँमा मारिएका युक्रेनी सैनिकहरूको ५ सयभन्दा बढी शव फिर्ता गरेको र तीमध्ये अधिकांश पूर्वी डोनेट्स्क क्षेत्रमा मारिएका बताएको छ ।

रुस र युक्रेनले द्वन्द्वको पहिलो महिनादेखि नै शव र युद्धबन्दीहरू साटासाट गर्दै आएका छन् । दुवै पक्षका क्षतिहरू उच्च मानिएका छन् । ‘स्वदेश फिर्ता गर्ने गतिविधिको परिणामस्वरूप युक्रेन सरकार नियन्त्रित क्षेत्रमा ५ सय २ जना वीर योद्धाका शवहरू फर्काइएका छन्,’ किएभको युद्धबन्दी व्यवस्थापनको समन्वय मुख्यालयले सामाजिक सञ्जालमा भनेको छ ।

लडाइँ सबैभन्दा तीव्र भएको युद्धग्रस्त डोनेट्स्क क्षेत्रबाट ३ सय ९७ शव फर्काइएको केन्द्रले बताएको छ । २४ जना पूर्वीलुगान्स्क क्षेत्रबाट र ६४ जना दक्षिणी जापोरिजिया क्षेत्रबाट फर्केका छन् भने १७ जनालाई रुसी भूभागमा रहेको मुर्दाघरबाट फिर्ता पठाइएको छ । ‘अन्तर्राष्ट्रिय रेडक्रस समितिको सहयोगका लागि हामी कृतज्ञ छौं,’ किएभको केन्द्रले भनेको छ ।

शवलाई फरेन्सिक मेडिकल जाँचका लागि लगिने र ‘विशेषज्ञ संस्थाहरूसँग मिलेर मृतकलाई सकेसम्म चाँडो पहिचान गरिने’ बताइएको छ । रुसले भने आफ्ना शवहरू फर्काएको घोषणा गरेको छैन ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भजनीमा गठबन्धनलाई हराउँदै रेशम चाैधरीका उम्मेदवार विजयी