१ किलो सुनसहित सुबेदी बिमानस्थलमा पक्राउ

काठमाडौं । त्रिभुवन विभानस्थलमा अबैध सुनसहित एक पक्राउ परेका छन । बिमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेको जनाइएको छ । भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्‍याएमा १० हजार दिने आश्वासन पछि साे सुन ल्मायाएकाे उनले प्रारम्भिक बयान दिएका छन् ।

सुवेदीलाई गौशाला प्रहरीमा राखिएको छ । थप अनुसन्धान जारी राखिएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

epaper

ताजा समाचार

खेम शर्माको तीनवटा कृति सार्वजनिक