संखुवासभामा भलिवल प्रशिक्षक राईसहित २ खेलाडी सम्मानित

संखुवासभा । संखुवासभाको सदरमुकाम खाँदबारीमा भलिबल प्रशिक्षकसहित २ जना राष्ट्रिय खेलाडी सम्मानित भएका छन् । गृह जिल्ला संखुवासभामा शुभ बिहानी नमस्ते कलवले भलिबल प्रशिक्षकसहित २ जना राष्ट्रिय खेलाडी सम्मानित गरेको हो ।

हिजो शनिबार सदरमुकाम खाँदबारीमा राष्ट्रिय महिला भलिबलका प्रमुख प्रशिक्षक कुमार राई, राष्ट्रिय महिला भलिबल खेलाडी सुमित्रा रेग्मी र अन्डर २० की राष्ट्रिय महिला भलिबलकी कप्तान जेनिसा विश्वकर्मा सम्मानित भएको शुभ बिहानी नमस्ते कलवका अध्यक्ष खेम गुरागाईले जानकारी गराए ।

शुभ बिहानी नमस्ते कलवले राष्ट्रिय भलिबल खेलाडी रेग्मीलाई हौसला बढाउन खाँदबारी नगरपालिका –५ माल्टाका भलिबल प्रशिक्षक राई, चैनपुर नगरपालिका –९ त्रिसुले निवासी राष्ट्रिय महिला भलिबल खेलाडी रेग्मी र खाँदबारी नगरपालिका –८ पिप्लेकी अन्डर २० की राष्ट्रिय महिला भलिबलकी कप्तान विश्वकर्मालाई सम्मान गरेको कलवका अध्यक्ष गुरागाईले बताए ।

भलिबल प्रशिक्षक सहित राई र राष्ट्रिय खेलाडी रेग्मी, र अन्डर २० की राष्ट्रिय महिला भलिबलकी कप्तान विश्वर्कमा प्रमाण पत्र र माला, अविर लगाएर सम्मान गरिएको थियो । भलिबल प्रशिक्षक राई, राष्ट्रिय खेलाडी रेग्मी, अन्डर २० राष्ट्रिय महिला भलिवल कप्तान विश्वकर्मा खाँदबारी नगरपालिका –५ माल्टामा गत मंसिर १२ गते भएको अन्तरपालिका महिला भलिवलमा सहभागी जनाउन गृह जिल्ला आएका थिए ।
.

तपाइको प्रतिक्रिया
(Visited 39 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पामा निर्वाचन टोली मतदानस्थमा खटिदै