लालबन्दी साहित्य महोत्सव सम्पन्न, ३ सञ्चारकर्मी सम्मानित

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा लालबन्दी साहित्य महोत्सव सम्पन्न भएको छ । लालबन्दी नगर वाङ्मय परिषदको आयोजनामा गरिएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौं का कुलपति भूपाल राईले गरेका थिए ।

उद्घाटन कार्यक्रम पश्चात् लालबन्दी नगर वाङ्मय परिषदले विभिन्न बिधाका विभिन्न व्यक्तिलाई सम्मान गरेको छ। लालबन्दी नगर वाङ्मय परिषदले स्थानीय प्रतिभा पुरस्कारबाट सर्लाहीका पत्रकार शंकर श्रेष्ठलाई नगद रु २५ हजारसहित प्रमाणपत्रबाट सम्मान गरेको छ।

त्यस्तै लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार बोराका लेखक तथा पत्रकार अखण्ड भण्डारीलाई पनि नगद रु ५० हजार नगद तथा प्रमाणपत्र लालबन्दी नगर वाङ्मय परिषदले सम्मान गरेको छ।

यसैगरी नेपाली साहित्यका प्रथम सहिद कृष्णलाल स्मृति पुरुषकारबाट पत्रकार तथा वरिष्ठ साहित्यकार रोचक घिमिरे सम्मानित भएका छन् । उहालाई नगद रु ५० हजार तथा प्रमाणपत्रबाट सम्मान गरिएको छ।

पुरस्कार वितरण लालबन्दी नगर वाङ्मय परिषद्का अध्यक्ष अच्युत अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौं का कुलपति भूपाल राई, लालबन्दी नगर प्रमुख बासुदेव अधिकारी, विशिष्ट अतिथि डां घनश्याम न्यौपाने, प्राज्ञिक सभा सदस्य नेपाल प्रज्ञाप्रतिष्ठानका चेतनाथ धमला, लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले गरेका थिए ।

त्यस्तै गजलकार विवश पौडेलद्वारा लिखित धर्तीको जुन गजल सङ्ग्रह, कवि सुमन घिमिरे अग्रिम द्वारा लिखित प्यालासँग नया कविता सङ्ग्रह, समाजसेवामा बासुदेव अधिकारीको जिवनी सङ्ग्रह र कथाकार देवराज पौडेल द्वारा लिखित मानवता हराएका सहर कथा सङ्ग्रहको लोकार्पण गरिएको आयोजक लालबन्दी नगर वाङ्मय परिषद्ले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि कुलपति राईले पहिला पहिला ज्ञानको क्षेत्र भनेको काठमाडौंलाई बुझदथ्यो तर अहिले ज्ञानको क्षेत्र अब देशैभरीको गाउँ ठाउँ रहेको उनले बताए । उनले नेपाल प्रज्ञा प्रतिष्ठान अब विधार्थी तथा नागरिकहरु सग भिजी गाउँ गाउँ तथा मधेश बाट रैथाने ज्ञानहरु निकालने बताए ।

लालबन्दी साहित्य महोत्सव २०८१ मा कवि, साहित्यकार, गजलकार, कथाकारहरुले विभिन्न रचनाहरु समेत वाचन गरेका थिए ।

प्रत्येक वर्षझै यस वर्ष पनि लालबन्दी नगर वाङ्मय परिषदले लालबन्दी साहित्य महोत्सव गर्ने गरेका छन जसमा नेपाल भरीकै कवि साहित्यकारको उपस्थिति हुने गरेको सुमन घिमिरेले जनाएको छ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रभु साहकाे निर्वाचन क्षेत्रमा एमाले विजयी