नेर्पा स्पोर्टस क्लबको नेतृत्वमा शरद राई पुनः निर्वाचित

दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयनपछि प्रमाणपत्र ग्रहण गर्नुुहुदै क्लबका अध्यक्ष शरद राईलगायत ।

खोटाङ । खोटाङको नेर्पास्थित नेर्पा स्पोर्टस क्लबको अध्यक्षमा शरद राई दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । क्लबको दोस्रो साधारणसभा तथा अधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षद्वयमा बिशाल राई र गौतम राई, महासचिवमा बिरेन गुरुङ, सचिवमा रनजङ राई र कोषाध्यक्षमा सावित्रा बास्तोला दाहाल रहेका छन्।जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राई (महेश)को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

नेर्पा स्पोर्टस क्लब खोटाङको खेलकुद विकासमा सक्रिय संस्थाका रूपमा परिचित छ । पुनः निर्वाचित अध्यक्ष राईले आगामी कार्यकालमा क्लबको थप सुदृढीकरण र जिल्लाको समग्र खेलकुद विकासमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । क्लबले विभिन्न खेल प्रतियोगिताको आयोजना र खेलाडी विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेप्से परिसूचक २५.४१ अंकले घटयो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तिलोत्तमामा गठबन्धनको प्रतिबद्धतापत्र : भ्यू टावर नबनाउने